समाचार

'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता


erastriya शुक्रबार, जेठ ०३, २०८२

सञ्जय मिश्रा 
रौतहट २ जेठ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता भएको छ।

घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन बिचौलियाको चलखेल लाई चुनौती दिँदै ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो।

बिचौलियाले प्रहरी सँगै पीडित परिवार लाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका थिए तर एसपी नेत्र मणि गिरीको निर्देशन तथा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीको सुझबुझले दोषीलाई कारबाहीको दायरामा ल्याउन मुद्दा दायर गरिएको हो।


कटहरिया- ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया- ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाट माथी २१ वर्षीया श्रीमती सानीया प्रविन लाई आत्महत्या गर्न बाध्य पारेको खुलेपछि ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको डिएसपी कार्कीले न्युज कारखाना लाई बताएका छन्।


बिवाह भएदेखि नै मृतकका श्रीमान तथा घटनाका मुख्य आरोपी अरमानले दाईजोमा माग गरेको मोटरसाईकल, ऐसी, पैसा, लगायत सानो सानो कुरामा पनि श्रीमती सानियालाई मान्सीक यातना दिने गरेको कारण घटना भएको अनुसन्धानबाट देखिएको डिएसपी कार्कीले बताएका छन्।


मुख्य आरोपी माथि मुद्दा दायर गरिएको छ, घटनाको थप अनुसन्धान भइरहेको छ, अनुसन्धानमा अरु ककस्को संलग्नता देखिन्छ त्यसै अनुसारको कारवाही प्रक्रिया बढाईने डिएसपी कार्कीले जानकारी दिएका छन्। घटना पछी मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान राय भाट फरार रहेको तथा खोजीकार्य भइरहेको डिएसपी कार्कीले बताएका छन्।


मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका ११ राय टोला  निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाईजोको कारण छोरी सानिया लाई दैनिक जसो  कुटपिट गरी ज्वाईँ अरमान सहित सपरिवार मिलेर हत्या गरेको आरोप लगाएका थिए।


६ महिना अघि अरमान संग बिहेगर्दा दाईजोमा फर्नीचर, वादिङ फ्रिज, कुलार पंखा, नाक, कान , घाँटीमा सुनको गहना सुनको औंठी, लगायत सम्पूर्ण सामान दिएको, बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाईकल त कहिले १ लाख भारु माग गरेको, केहीदिन अघि घरमा एसी जडान गर्न माग गरेको उनको भनाई छ। उनीहरूको माग पुरा गर्न नसकेको कारण बिशेष गरी समधिनि संग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।

के हो घटना ?

गत आईतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो।  सानियाको सासु ससुरा लगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताईरहेका छन भने माईती पक्षले छोरीको हत्या गरेर शव लाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेको भन्दै आएका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । उक्त मृत्युको घटनाको नेपाल प्रहरीका संगठन प्रमुख आईजिपी दीपक थापाले बिशेष चासो राखेका थिए।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष
निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

४ घण्टा अघि

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ

४ घण्टा अघि

एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ
एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

५ घण्टा अघि

सरकारले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
सरकारले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

फागुन १०, २०८०

ताजा अपडेट

  • नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

    नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

  • गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

    गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

  • माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

    माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमाले…

  • 'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

    'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्द…

  • निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

    निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिला…

  • माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ

    माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुर…

  • सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरिका बदल्नुहोस्

    सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरि…

  • आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

    आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा …