खेलकुद

नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश


erastriya शुक्रबार, जेठ ०३, २०८२

काठमाडौं, २ जेठ । नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–३ मा प्रवेश गरेको हाे ।समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । आइसिसीको नियम अनुसार अनुसार डबल राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो । नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएकाे थियाे । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएकाे थियाे । शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने थियो । तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो । प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर–३ मा पुगेका हुन् । नेपालले सुपर–३ मा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्नेछ । सुपर–३ मा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

साउन १६, २०८२

पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित
पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

साउन १२, २०८२

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा
एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

साउन १२, २०८२

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)

साउन १२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा