खेलकुद

नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे


erastriya शुक्रबार, जेठ ०३, २०८२

काठमाडौं, २ जेठ । साबिक विजेता बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको छ । यस पराजयसँगै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरेका थिए भने नेपालका लागि सुजन डंगोलले गोल फर्काएका थिए ।खेलको दोस्रो हाफको ७३औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो भने त्यसको ८ मिनेट पछाडी नै नज्मुलले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपालाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो समय अभावका कारण पर्याप्त बन्न भने असफल भयो ।समूह चरणमा श्रीलंकाविरुद्ध ५–० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४–० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्सँग २–२ को बराबरीमा रोकिदा बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो ।अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग
एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

२ घण्टा अघि

राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै
राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

असार १५, २०८२

आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम
आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम

असार १३, २०८२

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै
टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

असार ०५, २०८२

ताजा अपडेट

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…