अन्तर्राष्ट्रिय

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित


erastriya शनिबार, जेठ ०४, २०८२

वासिंगटन डिसी, ३ जेठ । भेनेजुएलाका आप्रवासीहरूलाई देश निकाला गर्ने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमाथि अमेरिकी सर्वोच्च अदालतले शुक्रबार रोक लगाएको छ ।

धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जतिसक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो।

तर, ट्रम्प प्रशासनको निर्णयलाई रोक्दै अदालतले देशबाट निकाल्नु अघि सरकारले कानुनी प्रक्रिया पूरा गर्ने अवसर दिनुपर्ने बताएको छ । अदालतले यो पनि भनेको छ कि ट्रम्प प्रशासनले अवलम्बन गरेको तरिका जस्तै आप्रवासीहरुलाई २४ घण्टा भित्र बिना सुनुवाई देश बाहिर पठाउने तरिका बिल्कुलै ठीक छैन्, यो गलत हो ।

एलियन एनिमिज ऐन युद्धकालीन कानून हो, जसमा देशबाट शत्रुहरूलाई निष्कासन गर्न कुनै कानुनी कारबाही गर्नु पर्दैन। तर, यसलाई अमेरिकी संविधानका केही प्रावधानहरूमार्फत अदालतमा चुनौती दिइएको थियो।

यस निर्णयको अर्थ आप्रवासीहरूलाई उनीहरूलाई किन निर्वासन गरिँदैछ भनेर जान्न र अदालतमा चुनौती दिने अधिकार रहेको छ। तर, यो निर्णय अस्थायी हो र यसबारे सम्पूर्ण कानुनी लडाइँ अझै बाँकी नै रहेको छ ।

सर्वोच्च अदालतले यो मुद्दालाई तल्लो अदालत (पाँचौं सर्किट अदालत) मा फिर्ता पठाएको छ ताकि त्यहाँ अझ राम्ररी सुनुवाइ होस्। यो त्यही अदालत हो, जसले अप्रिलमा यस मुद्दामा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालतले अपराधीलाई देश निकाला गर्न दिँदैन्।’


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…