समाचार

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?


erastriya आइतबार, जेठ ०५, २०८२

मुम्बई, ४ जेठ । ‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ।


यति मात्र होइन, यस मुद्दामा सफाइ पाईसकेका सैफ अली खान, नीलम, तब्बु र सोनाली बेन्द्रेको पनि थप समस्या बढने देखिएको छ ।

गत शुक्रबार अबेर राजस्थान उच्च अदालतमा कालो हरिण शिकार मामिलामा ‘लिभ–टु–अपील’ मा सुनुवाइ भएको थियो। जसमा अभिनेता सैफ अली खान, अभिनेत्री तब्बु, नीलम र सोनाली बेन्द्रेलाई दिइएको सफाइको फैसलालाई चुनौती दिइएको छ । न्यायाधीश मनोजकुमार गर्गको इजलासले मुद्दासहित अन्य मुद्दाको एकमुष्ट सूची बनाउन आदेश दिएको हो ।

अधिवक्ता महिपाल बिश्नोईले अक्टोबर १, १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका ​​क्रममा जोधपुरको कानकनी गाउँमा कालो हरिणको शिकार भएको भन्दै सो मुद्दा दर्ता गराएका थिए । यस मामिलामा ‘ट्रायल कोर्ट’ ले ५ अप्रिल २०१८ मा सलमान खानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजायसमेत सुनाएको थियो । 

तर, सोही क्रममा सह आरोपी मानिएका सैफ अली खान, नीलम, तब्बु, सोनाली बेन्द्रे र दुष्यन्त सिंहलाई भने शंकाको फाइदा दिँदै जेल सजायँ नतोकी सफाई दिइएको थियो ।

त्यसपछि सलमान खानले ट्रायल कोर्टको फैसलालाई चुनौती दिए र अन्ततः जमानतमा छुटेका थिए । राजस्थान सरकारले सलमानको जमानत र अन्यलाई सफाइ दिएको विरुद्ध उच्च अदालतमा पुगेको थियो । अधिवक्ता महिपाल बिश्नोईले राज्य सरकारको अपीलमा स्थानान्तरण याचिकाको अनुमति र अभिनेता सलमान खानको सजायको विषय पनि समावेश गरिने बताए।

महिपाल बिश्नोईले भने कि सलमान खानले पछि आफ्नो याचिका उच्च अदालतमा हस्तान्तरण गर्न अनुरोध गरेका थिए तर अहिले दुबै मुद्दाहरू एउटै मुद्दाको हिस्सा हुन पुगेको बताए। उच्च अदालतले सरुवा गर्न अनुमति दिएको भए पनि त्यसयता मुद्दामा कुनै प्रगति हुन सकेको थिएन । 

‘त्यसैले हामीले शुक्रबार दुवै पुनरावेदनसँगै सुनुवाइ गर्न अदालतलाई अनुरोध गरेका थियौं, जसअनुसार मुद्दाको सुनुवाई अब जुलाई २८ मा हुनेछ, जसमा सबै सम्बन्धित मामिलाहरू सँगै सुनुवाइ हुनेछन्,’ उनले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

१६ घण्टा अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

२० घण्टा अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

१ दिन अघि

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…