समाचार

हेराफेरीः३ मा अब परेश रावल नहुने


erastriya आइतबार, जेठ ०५, २०८२

मुम्बई, ४ बैशाख । अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको सुपरहिट कमेडी फ्रेन्चाइज ‘हेराफेरीः३’को बारेमा अचम्मको खबर आएको छ।

यस फिल्ममा बाबुराव गणपतराव आप्टेको भूमिकामा रहेका परेश रावलको भूमिकालाई उनका फ्यानहरुले निकै रुचाएका थिए, सदैव उनको सो भुमिका लोकप्रियसमेत रहेको छ।
सो फिल्मको बारेमा निर्देशक प्रियदर्शनले जनवरी २०२५ मा यसको तेस्रो सिक्वेलको आधिकारिक रूपमा सुरु भएको पुष्टि गरेका थिए। त्यसपछि तीनै मुख्य कलाकार तेस्रो भागमा पनि फर्किने कुरा थाहा पाएपछि फ्यानहरूको उत्साह झनै बढ्यो अर्थात् अक्षय कुमार, परेश रावल र सुनिल शेट्टी ।

तर, अहिले परेश रावल आफैंले बलिउड हंगामालाई पुष्टि गरेका छन् कि उनी अब हेरीफेरीः ३ मा देखिने छैनन्। फिल्मबाट बाहिरिएको प्रश्नमा उनले भने,  ‘हो, यो सत्य हो ।’ चलचित्र समीक्षक सुमित कँडेलले पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिँदै रचनात्मक भिन्नताका कारण परेश रावलले चलचित्रबाट टाढिएको उल्लेख गरेका छन् ।

आफ्नो स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले अगाडी लेखेको छ, ‘एक समय थियो जब अक्षय कुमार २०२२ मा फिल्मबाट बाहिर थिए, अक्षय फिल्मको जीवन हो, त्यसैले यो खबरले फ्यानहरूको मन दुख्यो तर धन्यबाद उहाँ फेरि फर्कनु भयो। यो कुरालाई ध्यानमा राखेर परेश रावलले पनि चलचित्रमा पुनरागमन गर्ने अपेक्षा गरेका थियौं, अब सम्भव नहोला जस्तो लागेको छ।’

हेराफेरी श्रृंखला

कल्ट कमेडी हेराफेरी सिरिजको पहिलो भाग सन् २००० मा र दोस्रो सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको हरेक पात्रलाई दर्शकले अझै पनि याद गरिरहेका छन, चाहे त्यो राजु होस् वा बाबुराव गणपतराव आप्टे। सबैभन्दा महत्त्वपूर्ण कुरा त यो पनि हो कि इन्टरनेट संसारमा धेरै जसो मीमहरू यस फिल्मका क्यारेक्टरबाट बनाइएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

१६ घण्टा अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

२० घण्टा अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

१ दिन अघि

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…