समाचार

उधोग मन्त्रीले भण्डारीले भने, ‘अब कालोपत्रे होइन, सडकलाई सेतो पत्रे गरौँ’


erastriya मंगलबार, जेठ ०७, २०८२

काठमाडौं, ५ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् ।

‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघद्वारा काठमाडौंमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनु पर्ने बताए ।

मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण गर्नुपर्नेमा जोड दिए । “आज हामी सिमेन्टमा आत्मनिर्भर भएका छौँ, बालुवा, गिट्टी हाम्रै वरीपरि उपलब्ध छ, यसको प्रयोग बढाउनु पर्छ, स्वदेशमै रहेका सामग्रीबाट विकास निर्माणका कामहरू गर्न सक्छौँ र यो अभ्यास बढाउनु पर्छ,’ उनले भने, ‘हामीले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउनु जरुरी छ । यसमा भएका कानुनी समस्याहरू समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकातर्फबाट आवश्यक भूमिका निर्वाह गर्न तयार छु।’ विकसित मुलुकहरूले कालोपत्रे सडक विस्थापित गर्दै सेतो पत्रेमा जोड दिएको हुँदा नेपालले उक्त अभ्यास बढाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ ।
उनले उद्योग सञ्चालकहरूले पनि वातावरणीय प्रभावको ख्याल गर्नुपर्ने बताए । उनले अहिले कतिपय विकास निर्माणका कार्य अपरिपक्व रहेको भन्दै विकास निर्माणलाई दिगो र भरपर्दो बनाउनुपर्ने बताए । “अहिले पहाडका केही सडकहरू एकातिर निर्माण भइरहने अर्कोतिर भत्कँदै जाने अवस्था छ, कालोपत्रे भएका सडक एक दुई वर्षमै भत्किएका पनि छन् तर सिमेन्ट र छडको प्रयोग गरेर सडकहरू निर्माण भएमा कम्तीमा पनि १० वर्ष टिक्न सक्ला, त्यसैले सेतो पत्रेमा जोड दिनु आवश्यक छ । यसमा सरकार र व्यवसायीका तर्फबाट भूमिका आवश्यक छ।’ 

मन्त्री भण्डारीले आयात र निर्यातको सन्तुलन बढाउनु पर्नेमा पनि जोड दिए । बाह्य उत्पादन नेपाल भित्रिए जसरी नै नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्नेसमेत जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,
चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

साउन १३, २०८२

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…