समाचार

मोरङ समाजको २५ औं रजत जयन्ती, मास्केको नेतृत्वमा नयाँ कार्यसमिति


erastriya मंगलबार, जेठ ०७, २०८२

 

काठमाडौं - मोरङ समाज काठमाडौं (मोसोका)को २५ औं रजत जयन्ती तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यमा समाजको रजत जयन्ती तथा वार्षिक साधारणसभा सम्पन्न भएको हो। 

शनिबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले समय परिस्थितिले जता पुगे पनि मन आफ्नो मोरङमै रहेको बताइन्। 

स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती मनाइरहँदा र प्रमुख अतिथि भएर बोल्न पाउँदा आफूलाई गर्व लागेको भन्दै उनले आफू जन्मेको ठाउँलाई सधैं माया गरिरहने बताइन्। 

कार्यक्रमको कार्की, विशिष्ट अतिथि पूर्वसूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल र महालेखापरीक्षक तोयम रायले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरेका थिए। रिजाल र रायले मोरङसँग विभिन्न कालखण्डमा आफूहरूले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताए।

सो अवसरमा मोरङ समाजको रजत जयन्तीको अवसरमा स्मारिका पुस्तक विमोचनसमेत गरिएको थियो। 

कार्यक्रममा नेपाल प्रहरीका एआइजी राजन अधिकारी, सुबोधराज प्याकुरेल, नवराज पाण्डे, उज्जवल पौडेल, गोपालप्रसाद गुप्ता, कैलाश श्रेष्ठलगायत २५ जना सल्लाहकार तथा लब्ध प्रतिष्ठितलाई सम्मान गरिएको थियो।

समाजका अध्यक्ष नरेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ओमकुमार मास्केले दिएका थिए। 

साधारणसभाले मास्केको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। 

उपाध्यक्षमा व्यन्जु ढुंगेल, प्रवीण ओझा, महासचिवमा नवीन बानियाँ, सचिवमा प्रकाश रेग्मी, कोषाध्यक्षमा शेखर सिटौला चयन भएका छन्।

अध्यक्ष मास्केले समाजलाई अगाडि बढाउन लब्ध-प्रतिष्ठित व्यक्तिसँग हातेमालो गर्ने बताएका थिए। कार्यक्रममा पूर्वअध्यक्ष कृष्णमुरारी कोइराला, रमेश बस्नेत, विमलकुमार भट्टराई, ध्रुवकुमार तिम्सिनाले मन्तव्य राखेका थिए।  

मोरङ समाजको रजत जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना सन्देश पठाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा