समाचार

अन्तिम खेलमा मध्यपुरको सानदार जीत


erastriya बुधबार, जेठ ०८, २०८२

काठमाडौं, ७ बैशाख । मध्यपुरले आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको छ ।

मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको हो ।अन्तिम जितसँगै १३ खेलमा १८ अंक जोडेर मध्यपुर पाँचौं स्थानमा उक्लिएको छ । पराजित नयाँबस्तीले समान खेलबाट पाँच अंकका साथ पुछारमा रहेर लिगको अन्तिम स्थानमा रहेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मध्यपुरलाई जित दिलाउन विज्ञान खड्काले दुई तथा राहुल खड्का र साहिल केसीले समान एक एक गोल गरेका थिए ।

खेलको ३८औं मिनेटमा विज्ञानको पेनाल्टी गोलमार्फत मध्यपुरले अग्रता लिएको थियो । दुई मिनेट पछि उनैले टोलीको अग्रता दोब्बर बनाउन सफल भयो ।राहुलले ६६औं मिनेटमा मध्यपुरका लागि तेस्रो गोल गरे भने ७९ औं मिनेटमा साहिलले गोल गर्दै मध्यपुरलाई ४–० को सानदार जित दिलाउन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

८ घण्टा अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

१२ घण्टा अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

१ दिन अघि

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…