समाचार

लोडसेडिङ हल्ला मात्रै, आजवाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु


erastriya बुधबार, जेठ ०८, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन 

मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको जानकारीसमेत दिएका छन ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताए । उनका अनुसार ले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा शुरु भएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको बताए । 

मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्नेगरी आपूर्ति भइरहेको बताए ।

मंगलबार मध्यराती देखि भारतमा ७ सय ३१ मेगावाट विद्युत बिक्री गरि सकिएको प्राधिकरणले पुष्टि गरेको छ । मन्त्री खड्काले पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा दिएका छन् । 

उनले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको बताए। उनका अनुसार सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो।

उनले भने, “विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट। बत्ती गयो भन्ने गुनासो गर्छन्, तर हामीले जब सो स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौं। यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ।’

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहीँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे। 

उनले स्पष्ट शब्दमा भने, “हामीसँग अहिले विद्युत् उत्पादन, आवश्यकताभन्दा बढी छ, त्यसैले निर्यात भइरहेको छ। यस्तो अवस्थामा लोडसेडिङ भएको भन्ने कुरा सरासर गलत हो।”

मन्त्री खड्काका अनुसार विगतका वर्षहरूमा पनि वर्षको ७ सय घण्टासम्म विभिन्न प्राविधिक कारणले विद्युत् आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने गरेको थियो । कहिले हावाहुरीले पोल ढल्ने, कहिले मर्मतकै क्रममा लाइन काटिने, कहिले मानवीय त्रुटीका कारण पनि विद्युत् अवरुद्ध हुने गरेका उदाहरण उनले प्रस्तुत गरे।

मन्त्री खड्काले आगामी दिनमा आन्तरिक विद्युत् खपत तीव्र रूपमा बढ्ने प्रक्षेपण गर्दै उत्पादन अझ बढाउने योजना रहेको बताए। उनले सामाजिक सञ्जालमा यथार्थ विपरीत सूचना नफैलाउन आग्रह गर्दै जनतालाई प्रमाणसहितको जानकारीमा विश्वास गर्न अनुरोध गरे। “हल्ला होइन, तथ्यमा विश्वास गर्नुस्। हामी उत्पादन बढाउँदैछौं, आपूर्ति सन्तुलनमा छ, र लोडसेडिङको कुनै खतरा छैन,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

९ घण्टा अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

१३ घण्टा अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

१ दिन अघि

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…