समाचार

आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन ५ क्रिकेटर


erastriya बिहीबार, जेठ ०९, २०८२

काठमाडौं, ८ बैशाख । राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन्। यो सूचीमा १४ वर्षीय वैभव सूर्यवंशीको नाम पनि परेको छ।

यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । जैसवाल बाहेक मिचेल मार्स, अजिंक्य रहाणे, प्रभसिमरन सिंह र वैभव सूर्यवंशीको नाम पनि परेको छ ।

जैसवालले पावरप्लेमा २०८ बल खेलेका छन् । यस अवधिमा उनले २२ छक्का प्रहार गरेका छन् । जैसवालले यो सिजन कुल २८ छक्का प्रहार गरेका छन् । जैसवालले १४ खेलमा ४३ को औसत र १६० को स्ट्राइक रेटमा ५५९ रन बनाएका छन् ।

लखनऊ सुपर जायन्ट्सका ओपनिङ ब्याट्सम्यान मिचेल मार्स यो सूचीमा दोस्रो स्थानमा छन् । मार्सले पावर प्लेमा १६० बलको सामना गरेका छन् । यस अवधिमा उनले १८ छक्का प्रहार गरेका छन् । मार्सले यो सिजन ११ खेलमा कुल २४ छक्का प्रहार गरेका छन् ।

पावर प्लेमा सर्वाधिक छक्का प्रहार गर्नेमा कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणे तेस्रो स्थानमा छन् । रहाणेले ११९ बलको सामना गर्दै १५ छक्का प्रहार गरेका छन् ।


यो सूचीमा पञ्जाब किंग्सका ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह पनि परेका छन् । प्रभासिमरनले पावरप्लेमा १६८ बलको सामना गरेका छन् । यस अवधिमा उनले १४ छक्का प्रहार गरेका छन् ।

उता, १४ वर्षीय राजस्थान रोयल्सका ओपनर ब्याट्सम्यान वैभव सूर्यवंशीले यस वर्षको आईपीएलमा दबदबा कायम गरेका छन् । उनले यो सिजन पावरप्लेमा ७० बल खेले। यस अवधिमा उनले १४ छक्का प्रहार गरेर सबैभन्दा कान्छो खेलाडीकोसमेत नयाँ रेकर्ड बनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

साउन १६, २०८२

पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित
पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

साउन १२, २०८२

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा
एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

साउन १२, २०८२

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)

साउन १२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा