शिक्षा

41 वर्ष सम्म एउटै स्कूलमा पढाएका शिक्षक थाहानदी निकालिए


erastriya शनिबार, असोज १३, २०८०

 

 

एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ । 

 आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल,एउटा शिक्षक जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? तिमीहरूका झोला बोक्नेलाई घरपायक बिद्यालय दिदा यी सिधासोझा शिक्षक जागिर जोगाउनैका लागी दुखकष्ट सहनुपर्ने हो? जसले तिमीहरूलाई कखरा चिनायो, जसले गणितका जोड घटाउ सिकायो आज त्यहि शिक्षक तिम्रा राजनिति जोड घटाउको शिकार हुन पर्ने? गरिब,निमुखाका लागी राजनिति गर्छौ, पद न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

१ दिन अघि

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…