समाचार

शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का


erastriya आइतबार, जेठ १२, २०८२

काठमाडौं, ११ बैशाख । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो  ।
उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन्।

विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ। यस्तो अवस्थामा जिम्मेवारीसँगै शुभमन गिलको आम्दानी पनि बढ्ने् जनाइएको छ। उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विशेष उपहार पनि दिन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ।

शुभमन गिल हाल बीसीसीआईको केन्द्रीय सम्झौताको ए ग्रेड सूचीमा पर्ने देखिएका छन किनभने आगामी केन्द्रीय सम्झौता अनुसार उनले बढुवा पाउने लगभग पक्का देखिएको छ । गिलको कप्तानी र लगातार प्रदर्शनलाई ध्यानमा राख्दै उनलाई अर्को बीसीसीआई केन्द्रीय अनुबन्धमा ए ग्रेडमा बढुवा गर्न सकिन्छ। 


यदि यस्तो भयो भने उनले वार्षिक रूपमा ७ करोड भारतीय रुपैयाँ पाउनेछन्, जुन उनको करियरको लागि ठूलो इनाम हुनेछ । हाल उनले बीसीसीआईबाट वार्षिक ५ करोड रुपैयाँ पाईरहेका छन । तर, टेस्ट कप्तान बने पछि उनको थप जिम्मेवारी र महत्व बढेको छ ।

खासमा ए प्लस ग्रेडमा समावेश भएका खेलाडीहरूले वार्षिक ७ करोड रुपैयाँ पाउँछन् र यो ग्रेड सामान्यतया ती खेलाडीहरूको लागि आरक्षित हुन्छ, जसले सबै ढाँचामा नियमित खेल्न सक्छन वा टोलीमा असाधारण योगदान दिन सक्छन्। हाल रोहित शर्मा, विराट कोहली, रविन्द्र जडेजा र जसप्रित बुमराह ए प्लस ग्रेडका खेलाडीको रूपमा रहेका छन् ।
तर रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले अब तीनवटै फर्म्याट खेल्ने छैनन्। यस्तो अवस्थामा आगामी केन्द्रीय सम्झौताका लागि यी खेलाडीको डिमोसन निश्चित छ, जसले गिललाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

८ घण्टा अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

११ घण्टा अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

१ दिन अघि

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…