समाचार

प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना


erastriya आइतबार, जेठ १२, २०८२

काठमाडौं, ११ जेठ । डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो।

यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ जरिवाना खेप्नुसमेत परेको थियो ।

वास्तवमा, यो डेल्टा एयरलाइन्सको विमान लस भेगासबाट उडेको थियो र एटलान्टातर्फ गइरहेको थियो। विमान उडेको केही समयपछि यी महिला यात्रुले आफ्नो छेउमा बसेका यात्रुसँग असामान्य व्यवहार गर्न थालिन् । उनले अचानक आफ्नो छिमेकी यात्रीलाई अँगालो हाल्ने प्रयास गरिन र त्यसपछि उनलाई धमाधम चुम्बन गर्न थालिन्।

यो सन् २०२१ को जुलाईमा भएको यो घटनामा महिला यात्रुको व्यवहार नजिकैको सिटमा बसेका यात्रुका लागि असहज मात्र नभएर उनका लागि अचम्मको पनि थियो । यो अप्रत्याशित कार्यले उनी स्तब्ध भएका थिए।  उनले चुम्बन तुरुन्तै महिलालाई रोक्न खोजेका थिए र चालक दलका सदस्यहरूलाई बोलाएर उनको चुम्बनको बर्षा रोक्नका लागि सहयोग पनि मागे र टाढाबाट यो सबै हेर्दै आएकी एयर होस्टेस दौडिएर ती पुरूष भएको स्थलमा पुगिन् । 


त्यसपछि एयर होस्टेसले ती चुम्बनको बर्षा गर्ने महिला यात्रुलाई शान्त पार्ने प्रयास गरिन् । तर, ती महिला शान्त हुनुको सट्टा झन् रिसाउन थालिन। र, चुम्बन गर्न नदिएको भन्दै उल्टै चर्को स्वरमा कराउन थालिन् र विमानबाट आफुलाई निकाल्न आग्रह समेत गरिन् । यसपछि ती महिला यात्रीले आफ्नो सिट छोडेर प्यासेजमा जान बल गरिरहिन् ।

महिलाको यो कार्य सुरक्षाको दृष्टिकोणले निकै खतरनाक मात्र होइन, प्लेनमा यात्रुको चालढालको नियम विपरीत पनि थियो । चालक दलका सदस्यले उनलाई रोक्न खोज्दा स्थिति झन् गम्भीर बन्यो । रिसले झन्डै पागल भएकी यी महिलाले नजिकै बसिरहेका अर्का यात्रुमाथि पनि उल्टै आक्रमण गरिन् । उनले अर्को यात्रुलाई बारम्बार टोक्न थालिन् ।


उनको टोकाइका कारण अर्का यात्रु पीडाले चिच्याउन पुगे र पूरै उडानमा त्रासको वातावरण सिर्जना भएको थियो । चालक दलका सदस्यहरूले कुनै न कुनै रूपमा महिलालाई नियन्त्रणमा राखेर पछाडिको सिटमा लगेर राखे । यसपछि, पाइलटले एटलान्टा एयर ट्राफिक कन्ट्रोललाई बिमानमा भएको अप्रत्याशित सम्पूर्ण घटनाको बारेमा जानकारी दिए र सुरक्षा सहयोग मागे गरेका थिए ।

करिब तीन घण्टाको उडान पछि विमान एटलान्टा विमानस्थलमा अवतरण भयो र फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) अधिकारीहरूको उपस्थितिमा महिलालाई सुरक्षा निकायको जिम्मा लगाइएको थियो। एफएएले यो घटनालाई गम्भीर रूपमा लियो र अनुसन्धानका क्रममा महिलाको व्यवहारलाई विमानको सुरक्षाका लागि खतरा भएको निष्कर्ष निकाल्यो ।

अन्ततः लामो अनुसन्धान पछि यस मामलामा एफएएले महिला यात्रुलाई ७७,२७२ अमेरिकी डलर जरिवाना लगायो । यो जरिवाना विमानमा अनुपयुक्त व्यवहार र चालक दलका सदस्यहरूको निर्देशनहरू पालना नगरेकोसहित अन्य यात्रुलाई आक्रमण गरेको कारण थियो । यो अमेरिकी विमान इतिहासमा यात्रुलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा