समाचार

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक


erastriya आइतबार, जेठ १२, २०८२

काठमाडाैं, ११ जेठ । वरिष्ठ गीतकार रविन्द्र आशिष शैलीको “किन किन आकाशमा छैन जुन आज” हालै सार्वजनिक भएको छ ।
प्रेम,  पिडा, आशा र शून्यतालाई समायोजन गरी तैयार पारिएको गीतको भिडियो हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पणसमेत गरिएको छ ।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षतामा गरिएको लोकार्पणमा प्रमुख अतिथी वरिष्ठ गीतकार राजेन्द्र थापाले गीत अत्यन्त राम्रो र नेपाली सांगितीक श्रोताको मनमा बस्न सक्ने खालको बनेको बताए ।

परम्परागत कालजयी गीतको भावनालाई मर्न नदिनु र अहिलेको पुस्तालाई पनि समेटेर गीत लेख्ने गीतकार सधै चर्चाको शिखरमा रहने पनि वरिष्ठ गीतकार थापाले बताए । थापाले शैलीका शव्दलाई संगीतकार ज्योति प्रकाशले न्याय दिएका पनि बताए । अहिलेको यो पुस्तामा बन्ने गीत क्षणभरमै आउने क्षणमै हराउने भएकाले शैली र ज्योतिको परिश्रमको मिश्रण सदाबहार खालको भएको पनि बताए ।

गीतको बरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेल, गीतकार संघ नेपालका पूर्व अध्यक्ष तथा गीतकार संघ नेपालका सल्लाहकार शुभ मुकारुङ, बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार ज्योति प्रकाश लगाएतले गीतको शव्दले भन्न खोजेको भावलाई व्याख्या गरेका थिए ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा स्वर भने राज सिग्देलको रहेको छ भने ज्योति प्रकाशले संगीत भरेका हुन । जयराम थापाले छायाकंन गरेका गीतको भिडियोको निर्देशन दिपेन्द्र प्रकाश केसीले गरेका छन् ।

म्यूजिक नेपाल रेर्कडिङमा रेर्कड गरिएको गीतको स्टुडियोमै छाँयाङ्कन गरिएको छ ।

https://www.youtube.com/watch?v=M7BUxtU5msM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

१ दिन अघि

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

जेठ १९, २०८२

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

जेठ १७, २०८२

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

जेठ ०६, २०८२

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २१ गते बुधवार

    आजको राशिफल: २०८२ जेठ २१ गते बुधवार

  • निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्

    निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, …

  • क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बित

    काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पा…

  • रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

    रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

  • पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण

    पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरका…

  • उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

    उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…