समाचार

भुक्तानी नदिएपछि ठेकेदारले सोलार बत्ती खोलेर लगे


erastriya शुक्रबार, कात्तिक ०३, २०८०

 

नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै बुधबार दिउँसो बहुदरमाई नगरपालिका-४ स्थित मुख्य सडकमा जडान गरिएका सोलार बत्ती, ब्याट्री, प्यानललगायतका सामग्री ठेकेदारले खोलेर लागेका हुन्। पहिल्यैदेखि जडान गरिएका सोलार बत्तीहरू बिग्रिएपछि काठमाडौंस्थित एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रालिका सञ्चालक सुशील अधिकारीले मर्मत गरेका थिए।

 

मर्मत गरेबापतको १३ लाख ५० हजार रुपैयाँ ६ महिना बित्दासमेत भुक्तानी नपाएपछि सडक छेउका पोलहरूमा जडान गरिएको सोलार बत्ती, ब्याट्री, प्यानल सबै खोलेर लगेको अधिकारीले बताए। उनका अनुसार, ६ महिना पहिले बहुदरमाई नगरपालिकाकै मेयर सिंहासन साह तेलीको मौखिक आदेशमा एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रालिले बिग्रएका सोलार बत्तीहरू मर्मत गरेको थियो।

 

अधिकारीले भने, ‘कागजी प्रक्रियापछि गर्दै गरौँला, जनताको दबाब छ, तपाईँ अहिल्यै काम सुरु गर्नुस् भनेर मेयरबको मौखिक आदेशमा मैले साढे १३ लाख रुपैयाँ खर्च गरेर १० दिनभित्र सबै बत्तीहरू बनाइदिएको थिए। तर अहिले ६ महिना बितिसक्यो भुक्तानी नै पाइएन। बाध्य भएर आजदेखि सामानहरू खोलेर लगेको हुँ।’

 

अधिकारीका अनुसार उनले नगरपालिकाको विभिन्न वडामा गरी ६८ वटा सोलार बत्तीको कन्ट्रोलर परिवर्तन गरेका थिए भने ४८ वटा ब्याट्री फेरेका थिए। त्यस्तै २५ वटा नयाँ बत्ती जडान गर्नुका साथै ६ वटा प्यानल पनि फेरेको अधिकारीले बतााए। अधिकारीले भने, ‘१५ लाख जति खर्च लाग्ने भए पनि मैले साढे १३ लाखमै काम सकाए। भुक्तानीको लागि ६ महिना धाएपछि अहिले आएर मेयर र प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी दिन मिल्दैन, बरु तपाईँ आफ्नो सामान खोलेर लाग्नुस् भनेपछि खोलेर लगेको हुँ।’

 

नगरपालिकाले समयमा भुक्तानी नदिँदा आफूलाई पाँच लाख रुपैयाँ घाटा लागेको दुखेसो पनि उनले सुनाए। उनले भने, ‘वास्तवमा भन्नुपर्दा गल्ती मेरै होजस्तो लाग्दैछ। मौखिक आदेशको भरमा मैले पनि काम नगर्नुपर्ने थियो। तर मेयरजस्तो मान्छेले भनेपछि भुक्तानी पाइएला नि भन्ने मेरो सोच अहिले गलत सावित भएछ, घाटा व्यहोर्नुपर्‍यो।’

 

सुरुमा मेयर तेलीले संघीय सरकारले बजेट कटौति गरेको भन्दै अर्को आर्थिक वर्षमा भुक्तानी हुन्छ भनेर आश्वासनसमेत दिएकका थिए। ‘म उहाँको भनाई अनुसार अर्को आर्थिक वर्षको लागि कुरेर बसें। अहिले नगरपरिषद् सकेर खातासमेत सञ्चालनमा आएपछि कार्यादेश बिना काम किन गर्‍यौं। भुक्तानी गर्न मिल्दैन भनेर कुरा फेर्न थालेका छन्,’ उनले थपे।

 

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले भने कार्यादेश बिना नै काम गरेको कारण भुक्तानी दिन नमिलेको बताए। प्रकृया नै पूरा नगरी भएको कामको भुक्तानी गर्न नमिल्ने बताउँदै उनले भने, ‘कसैको मौखिक आदेशमा काम गर्न मिल्दैन। सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पूरा नभएको कुनै कामको भुक्तानी गर्ने मेरो अधिकार छैन।’

 

अधिकृत मुस्तफाले तीन वर्ष अगाडि उपभोक्ता समिति मार्फत ९९ लाख ४२ हजार ९ सय ३० रुपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरिएको जानकारी दिए। ‘बत्ती जडान गर्दा उपभोक्ताको कन्सल्टेन्ट यिनै सुशील अधिकारी थिए। पाँच वर्षसम्म वारेन्टी भएको बत्ती बिग्रेपछि बनाउँदा खर्च दिने कुरै भएन। त्यो बनाउने जिम्मा उहाँको हो, पैसा माग्ने अधिकार नै छैन,’ उनले थपे। बत्ती खोलेर लैजाने अधिकारीविरुद्ध नगरपालिका कानुनी प्रक्रियामा जाने तयारी गरिरहेको मुस्तफाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा