स्वास्थ्य

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित


erastriya बुधबार, जेठ १५, २०८२

नयाँ दिल्ली, १४ जेठ । भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्।महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ। जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो । महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म देशमा ४ वटा भेरियन्ट फेला परेको बताए। जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये एक रेलवे स्टेशनमा मृत फेला परेका थिए। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दोस्रो मृत्यु निजी अस्पतालमा भर्ना भएका २६ वर्षीय युवकको हो । उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

जेठ १९, २०८२

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्
नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

जेठ १८, २०८२

कपालको विकासका लागि उपयुक्त बदामको तेल
कपालको विकासका लागि उपयुक्त बदामको तेल

जेठ १७, २०८२

सुत्नु अघि लगाउनु होस् पाँच चीज, देखिनेछ छालामा थप चमक
सुत्नु अघि लगाउनु होस् पाँच चीज, देखिनेछ छालामा थप चमक

जेठ १४, २०८२

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…

  • सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

    सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

  • मन्त्रि परिषदको निर्णय सार्बजनिक

    मन्त्रि परिषदको निर्णय सार्बजनिक

  • प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

    प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्…

  • बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

    बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

  • 'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

    'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आध…

  • बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

    बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने