कानुन

प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ


erastriya बुधबार, जेठ १५, २०८२

काठमाडौं - केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले मध्यपुर ठिमी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो।

मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटार बस्दै आएका थापाले सिआइबीको डिएसपी भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा एक जनाबाट ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिन थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ। थापा २०७५ सालमा समेत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका थिए।यस्तै, सिआइडी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर थाहा नगरपालिका-७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा बुढिनन्दा नगरपालिका-३ का २८ वर्षीय ओब्जन चदारालाई कीर्तिपुर ट्यांलाफाँटबाट मंगलबार पक्राउ गरेको हो।उनीहरूले वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयोजनमा ३० लाख ठगी भएका व्यक्तिको पैसा उठाइदिने भन्दै ४ लाख ५० हजार ठगी गरेको उक्त कार्यालयले जनाएको छ।

नगद लिएपछि ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। दुबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

१८ घण्टा अघि

 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ
 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

जेठ १९, २०८२

आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी
आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी

जेठ १६, २०८२

कांग्रेस कोटाबाट बनेका न्यायाधीश खुसी प्रसाद ले भ्रष्टाचार मुद्दामा पहिले गच्छदार लाई र अहिले आलमलाई पारे खुसी
कांग्रेस कोटाबाट बनेका न्यायाधीश खुसी प्रसाद ले भ्रष्टाचार मुद्दामा पहिले गच्छदार लाई र अहिले आलमलाई पारे खुसी

जेठ १६, २०८२

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…

  • सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

    सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

  • मन्त्रि परिषदको निर्णय सार्बजनिक

    मन्त्रि परिषदको निर्णय सार्बजनिक

  • प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

    प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्…

  • बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

    बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

  • 'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

    'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आध…

  • बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

    बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने