कानुन

कांग्रेस कोटाबाट बनेका न्यायाधीश खुसी प्रसाद ले भ्रष्टाचार मुद्दामा पहिले गच्छदार लाई र अहिले आलमलाई पारे खुसी


erastriya बिहीबार, जेठ १६, २०८२

खुसीप्रसाद थारू कांग्रेस कोटाबाट न्यायाधीश बनेका हुन् । न्यायपरिषद्को २८ पुस ०७३ मा बसेको बैठकले उनीसहित ८० जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । त्यतिवेला अहिलेका गृहमन्त्री रमेश लेखकले ‘आफ्नो पार्टीका यति जना न्यायाधीश बनाउनैपर्छ’ भनेर आफूसँग आउँदा झगडा नै परेको प्रसंग कार्कीले सार्वजनिक रूपमै बोलेकी छिन् ।

थारूले विशेष अदालतको न्यायाधीश हुँदा ३ फागुन ०८० मा बालुवाटार जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएका थिए । संयुक्त इजलास भए पनि लिड थारूले नै गरेका थिए । कतिसम्म भने ‘बालुवाटार जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न गच्छदारलाई मुद्दा चलाएर कार्यपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको’ भन्ने टिप्पणी फैसलामा गरिएको थियो ।

‘गच्छदारको हकमा निजविरुद्धको कसुरमा संलग्नताका तथ्यगत आधार र मिसिल संलग्न सबुत प्रमाणलाई विशेष अदालतले दिग्भ्रमित पार्ने गरी नीतिगत निर्णय गर्ने हैसियतको व्यक्ति भनी गलत व्याख्या विश्लेषण गरी फैसला गरेको’ भन्दै अख्तियार सर्वाेच्च गएको थियो ।

 न्यायाधीशद्वयको आदेश

संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति ०६४/१२/२७ मा बम विस्फोट वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, विस्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई वारदातस्थलबाट ट्याक्टरमा लगेर राजा इँटाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधिविज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकलाई इँटाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरु अदालतले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउने ।

©Naya Patrika 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

१९ घण्टा अघि

 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ
 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

जेठ १९, २०८२

आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी
आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी

जेठ १६, २०८२

प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ
प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ

जेठ १५, २०८२

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…

  • सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

    सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

  • मन्त्रि परिषदको निर्णय सार्बजनिक

    मन्त्रि परिषदको निर्णय सार्बजनिक

  • प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

    प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्…

  • बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

    बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

  • 'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

    'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आध…

  • बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

    बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने