अन्तर्राष्ट्रिय

राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन


erastriya शुक्रबार, जेठ १७, २०८२

स्पेनका फुटबल स्टार पाब्लो गाभी हालै व्यक्तिगत जीवनका कारण चर्चामा छन्। २० वर्षीय बार्सिलोना मिडफिल्डरले स्पेनकी राजकुमारी लियोनोरको कथित प्रेम प्रस्ताव अस्वीकार गरेर प्रेमिका आना पेलायोलाई रोजेको हल्लाले मिडिया र सामाजिक सञ्जाल तताएको छ।

सन् २०२२ मा १९ वर्षीया राजकुमारी लियोनोर बार्सिलोनाको समर्थक भएको र गाभीको तस्बिर स्कुल फोल्डरमा राखेको चर्चा चलेको थियो। युरो २०२४ को उत्सवमा जार्जुएला दरबारमा गाभीले लियोनोरका लागि उपहारमा हस्ताक्षर गर्न अस्वीकार गरेको समाचार बाहिर आएको थियो। सञ्चारमाध्यमले यसलाई प्रेम प्रस्ताव अस्वीकारको रूपमा व्याख्या गरे पनि गाभी वा शाही परिवारबाट पुष्टि भने भएको छैन।

अर्कोतिर गाभी सेभिलकी २२ वर्षीया ‘इन्फ्लुएन्सर’ आना पेलायोसँग देखिएका छन्। गत साता बार्सिलोनाको ला लिगा उत्सवमा उनीहरू हातमा हात राखेर हाँस्दै गरेको भिडियो भाइरल भएको थियो। पेलायो गाभीको परिवारसँग निकट छिन्। तर उनीहरूको सम्बन्धबारे पनि आधिकारिक रूपमा पुष्टि भएको छैन।

सन् २०२३ मा लागेको घुँडाको चोटपछि गाभी अक्टोबर २०२४ मा मैदानमा फर्किएका हुन्। बार्सिलोनासँग सन् २०३० सम्मको सम्झौतामा केन्द्रित छन्। उता, राजकुमारी लियोनोर शाही कर्ममा व्यस्त छिन्। उनले गाभीप्रति रोमान्टिक रुचि व्यक्त गरेको कुरा पुष्टि भइसकेको छैन। अहिले चर्चामा आएको कुरा हल्ला मात्र हो वा सत्य, स्पष्ट नभए पनि विश्वभर चर्चाको विषय बनेको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा