समाचार

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म


erastriya सोमबार, जेठ २०, २०८२

 

मुम्बई, १९ जेठ । आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् । 

‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो, जसलाई फ्यानहरुले अथाह माया दिएका थिए । वास्तवमा उनका आगामी धेरै फिल्ममा काम भइरहेको छ ।

उनको एउटा ड्रीम प्रोजेक्ट पनि छ– महाभारत। जसको बारेमा उनले अपडेट दिएका छन् । साथै पछिल्लो फिल्मको बारेमा के भनेका छन, त्यो पनि थाहा पाउनुहोस्  ।


हालै राज शामानीलाई दिएको अन्तर्वार्तामा आमिर खानले धेरै विषयमा कुरा गरेका छन् । जहाँ उनले आफ्नो लभ लाइफ, फिल्म र आफ्नो अन्तिम फिल्मको बारेमा अचम्मको कुरा बताएका छन् । महाभारत उनको अन्तिम फिल्म हो ? उनले आफैंले सबै सत्य भनेका छन्।


भर्खरै आमिर खानलाई उनको अन्तिम फिल्मको बारेमा सोधिएको थियो । यसै क्रममा उनले भने, ‘मेरो सपना महाभारत बनाउने हो र ‘सितारे जमीं पर’ रिलिज भएपछि काम सुरु गर्नेछु। अब जुन २० पछि महाभारतको काम सुरु गर्नेछु। मलाई लाग्छ यो एउटा काम हो, यो एउटा परियोजना हो, जसलाई गरेपछि म यसपछि केही गर्न सक्दिनँ भन्ने लाग्न सक्छ । किनकी त्यो सामाग्री यस्तै छ ।’  

उनी थप भन्छन्, ‘त्यो परियोजना यस्तो छ कि यो निकै ठूलो छ, यसको स्केल छ, भावना छ। संसारमा जे छ, सबै महाभारतमा पाउनु हुनेछ। त्यसैले जब मैले अन्तिम कुरा के होला भनेर सोध्दा जसले पनि भन्छन्, म काम गर्दै गर्दा मर्न चाहन्छु, हामी सबै यही चाहन्छौं।  तर एउटै कुरा छ, मलाई लाग्छ कि यो गरेपछि ममा भावना आउनु पर्छ कि मैले केहि गर्नु पर्दैन सायद।’

‘सितारे जमीं पर’ बाहेक उनी सनी देओलको फिल्ममा काम गरिरहेका छन् । ‘लाहोर १९४७’ मा उनको केमियोको खबर छ । महाभारतमा कामका लागि  हालै अल्लु अर्जुन उनको फिल्ममा आउने खबर आएको थियो । यी दुईको एक तस्बिर आएपछि यो हल्ला बाहिर आएको हो । तर, महाभारतपछि अभिनेताले अब फिल्म गर्न नचाहने हो भने छाडिदिने सोचेका थिए । जसको संकेत उनी आफैले दिएका छन् । उनले यस फिल्ममा भगवान कृष्णको भूमिका निर्वाह गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

जेठ १९, २०८२

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

जेठ १७, २०८२

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

जेठ ०६, २०८२

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २१ गते बुधवार

    आजको राशिफल: २०८२ जेठ २१ गते बुधवार

  • निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्

    निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, …

  • क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बित

    काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पा…

  • रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

    रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

  • पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण

    पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरका…

  • उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

    उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…