समाचार

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल


erastriya बुधबार, जेठ २२, २०८२

काठमाडाैं, २१ जेठ । नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०-२०९०) दोस्रो वर्षमा प्रवेश गरेको छ ।

मंगलबार यस अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा संगीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत र स्वरमा आधा दर्जन गजल प्रत्यक्ष गायन गरिएको छ ।
डा. भोजराज घिमिरे, देवेन्द्र के. सी. 'देवु', नारायण नेपाल, राधा कणेल, आँचलकुमार शर्मा र घनेन्द्र ओझाका गजल श्रेष्ठले प्रत्यक्ष गाएका हुन् ।  गजलकार, गजल अभियन्ता घनेन्द्र ओझा र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गत वर्ष १९ जेठ २०८१ मा यो अभियान घोषणा गरेका थिए ।


यसबीचमा काठमाडौंमा आधा दर्जन र काठमाडौंबाहिर करिब आधा दर्जन गजल गायनका कार्यक्रम भइसकेका अभियन्ता घनेन्द्र ओझाले बताए । उनले अब सातै प्रदेशमा यस अभियानलाई लगिने र यो दशकलाई नेपाली गजल गायनको साँच्चै स्वर्ण दशक बनाइने उल्लेख गरे ।


अर्का अभियन्ता सन्तोष श्रेष्ठले गजल गायनको स्वर्ण दशक अभियान भएकाले यसमा सबैको साथ, सहयोग, हौसला र प्रेरणा आवश्यक रहेको बताए । गजलकार करुण थापाले नेपाली गजल लेखनसँगै गायनमा पनि परिष्कृत हुनुपर्ने धारणा राखे । थापाले यो अभियानले लेखनसँगै गायनमा पनि परिष्कार र नयाँपन ल्याउने विश्वास व्यक्त गरे ।


गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले गजल लेखनमा निश्चित संरचना, विधिविधान हुने भन्दै तिनको पालना गरी लेखिएका गजललाई संगीतमा ल्याउनु चुनौती हुन सक्ने तर साधनाले त्यो सफल हुने भन्दै हौसला दिए । प्राञ्जलले गजल संगीतका विभिन्न तरिका र शैली हुन सक्ने बताए ।


गजलकार डा. भोजराज घिमिरेले यस्ता अभियानलाई संस्थागत गर्दै नयाँ पुस्ता समेटेर अघि बढ्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'
ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'

१७ घण्टा अघि

लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय
लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

१ दिन अघि

ट्रक र बिधुतीय गाडी ठोक्किदा २ को मृ*त्यु
ट्रक र बिधुतीय गाडी ठोक्किदा २ को मृ*त्यु

१ दिन अघि

बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने
बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

१ दिन अघि

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

    आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

  • अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

    अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृह…

  • मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किमी लामो हुने

    मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किम…

  • ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'

    ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि…

  • माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

    माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्…

  • सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना

    सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिए…

  • संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म चलिरहेछ निरन्तर

    संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म च…

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार