खेलकुद

स्कटल्याण्डसँग २ रनले पराजित हुदाँ नेपाल स्तब्ध (फाेटाेफिचर)


erastriya सोमबार, जेठ २७, २०८२

काठमाडौं, २६ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली स्कटल्यान्डसँग २ रनले पराजित भएको छ ।

डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा मात्र ३२१ रन बनाउन सफल हुदैँ  २ रनले पराजित भएको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सर्वाधिक योगफल हो ।

अन्तिम ओभरमा ८ विकेट गुमाइसकेको नेपाललाई जितका लागि जम्मा ७ रनको आवश्यकता थियो । क्रिजमा रहेका अलराउन्डर करण केसी र बलर सन्दीप लामिछाने १५ रनमा रहेका करणले शरीफको पहिलो बलमा दुई रनमात्रै लिन सफल भए । 

नेपालका लागि ब्याटर भिम सार्कीले ८५ बलमा आठ चौकासहित सर्वाधिक ७३ रन बनाएका थिए भने अलराउन्डर सोमपाल कामीले ४४ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनको योगदान गर्न सफल भए । 

उता, अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५१ बलमा दुई चौकासहित ५६ रन खेले भने ब्याटर आरिफ शेखले ३९ रन बनाउँदा ओपनर कुशल भुर्तेलले १७ रन जोडन सफल भए । अलराउन्डर गुल्सन झा ११ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि मेकेन्जी (जोन्स) ले ९ ओभरमा ५५ रन खर्चिदैँ सर्वाधिक तीन विकेट लिएका थिए भने त्यस्तै शरीफ र माइकल लिस्कले समान दुई विकेट लिँदा ब्रेन्डन म्याकमुलन र चार्ली केसलको नाममा समान एक विकेट लिन सफल भए ।

उता स्कटल्यान्डका लागि बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काकोसहित सर्वाधिक १०२ रनको योगदान गरेका थिए भने माइलक लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित अविजित ९६ रनमा अविजित रहन सफल भए । 


चार्ली टियरले ६५ बलमा ९ चौकासहित ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाउँदा बेरिङ्टनले छैटौं विकेटका लागि लिस्कसँग १२५ तथा तेस्रो विकेटका लागि टियरसँग ९४ रनको साझेदारी गरिदिए ।

नेपालका लागि करण (केसी) र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेटमात्र लिन सफल भए ।
नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

यो नतिजासँगै सातौं स्थानमा यथावत नेपालले १५ खेलमा १० अंक जोडन सफल भएको छ भने  १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्ने छन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।
झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।

५ घण्टा अघि

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्
गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

६ घण्टा अघि

पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न
पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

१ दिन अघि

गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान
गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

जेठ २४, २०८२

ताजा अपडेट

  • भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु

    भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएस…

  • झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।

    झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दै…

  • गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

    गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

  • पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

    पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

  • स्कटल्याण्डसँग २ रनले पराजित हुदाँ नेपाल स्तब्ध (फाेटाेफिचर)

    स्कटल्याण्डसँग २ रनले पराजित हुदाँ नेपाल स्तब्ध (फाेटा…

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका छन्

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो …

  • संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

    संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

  • कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले ला…