समाचार

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी


erastriya सोमबार, जेठ २७, २०८२

म्युनिख, जर्मनी, २६ जेठ । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतवार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ।

अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले गोल गरेपछि पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधी हासिल गरेको हो ।

पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो ।  मार्टिन जुबिमेन्डीले पोर्चुगलबिरूद्द २१ मिनेटमा गाेल गरेर स्पेनलाई अग्रता दिलाएका थिए भने त्यसको ५ मिनेटपछि नै उत्कृष्ट नुनो मेन्डेसले खेललाई बराबरीमा ल्याउन सफल भए ।

तर, गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। पहिलो हाफमा स्पेनले २–१ को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा थप गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन।

त्यसमाथी अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने दिन सकेन् । अन्ततः खेल पेनाल्टी सुटमा जान विवश भयो ।


पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाएका थिए। अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।

यो जित पोर्चुगलको लामो इतिहासमा इबेरियन प्रतिद्वन्द्वी स्पेनमाथिको दोस्रो प्रतिस्पर्धात्मक जीत  हो। पोर्चुगलको एक मात्र प्रतिस्पर्धात्मक खेलमा स्पेन माथि १–० को जित थियो, जसले स्पेनियार्ड्सलाई युरो २००४ बाट बाहिर निकालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई
साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

१० घण्टा अघि

क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर
क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

असार २२, २०८२

सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि
सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

असार २१, २०८२

आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !
आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

असार २१, २०८२

ताजा अपडेट

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …

  • प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता