खेलकुद

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी


erastriya मंगलबार, जेठ २८, २०८२

काठमाडौँ । नेपालले नेदरल्याण्डसलाई १६ रनले पराजित गरेको छ । 

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ४९.२ ओभरमा अल आउट हुदै २२० रन बनाएको हो ।    

नेदरल्याण्डसका लागि वेसली बारेसीले सर्बाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० रन बनाएका थिए । त्यस्तै माइकल लेभीटले २७, कील क्लेइनले २५, नोअह क्रोएसले २२ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर नन्दन यादवले आफ्नो एकदिवसीय खेलमा डेभ्यु गर्दै ३ विकेट लिएका छन् । नन्दनले ९ ओभरमा एक मेडनसहित ३९ रन दिएर ३ विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामीछानेले ३, ललित राजबंशीले २ तथा करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले सर्बाधिक ८४ रन बनाएका थिए । त्यसैगरी नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ३५-३५ रन बनाएका थिए भने कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११-११ रन बनाएका थिए । त्यस्तै नेदरल्याण्डसका बलर पौल भान मीकेरेनले ४ विकेट लिएका थिए भने माइकल लेभिटले ३ विकेट लिएका थिए ।

यो जितपछि नेपालले महत्वपूर्ण २ अंक हासिल गर्दै लिग-२ मा १६ खेलमा १२ अंक हासिल गरेको छ र सातौं स्थानमा रहेको छ । नेपालले यस सिरिजमा खेलेका ४ मध्ये ३ खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ ।

त्यस्तै नेदरल्याण्डसको २३ खेलमा २६ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा
नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

जेठ २८, २०८२

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी
पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

जेठ २७, २०८२

क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ
क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ

जेठ २६, २०८२

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै
नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

जेठ २२, २०८२

ताजा अपडेट

  • पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

    पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

  • अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

    अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउ…

  • स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

    स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृ…

  • प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

    प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका काय…

  • आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

    आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको…

  • सिरियामा नयाँ ड्रेस कोड लागु, महिलालाई पुरै शरीर ढाक्न अनिवार्य

    सिरियामा नयाँ ड्रेस कोड लागु, महिलालाई पुरै शरीर ढ…

  • प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित

  • अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोराम…