समाचार

दुर्गा प्रसाई काे B&C हस्पिटल ले पैसाका लागि घाइतेलाई बन्धक बनायो


erastriya आइतबार, मंसिर ०३, २०८०

न बिरामीलाई भेट्न दिइएको थियो, न त बिरामीको अवस्थाबारे नै जानकारी गराएका थिए, एक प्रकारले बिरामीलाई बन्धक जस्तै बनाइएको थियो

घाइते लान दिएनौ भने म ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्छु, घाइते तलमाथि भयो भने ज्यान मारेको अभियोग लाग्छ भनेपछि मात्र बिरामी पठाउने प्रक्रिया अगाडि बढाएका हुन् । -केदार कार्की, मुख्यमन्त्री, कोशी प्रदेश

झापा, काठमाडौं, मोरङ — सिंगो सहर लक्ष्मी पूजाको रौनकमा मस्त भइरहँदा गत कात्तिक २६ मा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका दीपक कार्कीको घरमा राति अचानक आगो लाग्यो । आगो निभाउन गएका चार प्रहरीसहित २८ सर्वसाधारण घाइते भए । यो घटना यतिमै सीमित भएन । जब घाइतेलाई थप उपचारका निम्ति काठमाडौं लैजान खोज्दा बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आनाकानी गर्‍यो, समस्या झनै पेचिलो बन्यो । घाइते १४ जनालाई विराटनगरको विराट नर्सिङ होम, कोशी अस्पताललगायतमा लगिएको थियो । ती घाइतेलाई भोलिपल्ट थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगियो । झापास्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएका सोही घटनाका १० घाइतेलाई पनि थप उपचारका लागि काठमाडौं लैजाने प्रयास गरियो । तर, अस्पताल प्रशासनले ‘रेफर’ गर्न मानेन । अस्पतालको आनाकानी यतिमै सीमित भएन । बिरामीका परिवारजनले जलनको थप उपचार यहाँ सम्भव नहुने भन्दै काठमाडौं लैजान मिलाएको सबै प्रबन्ध अस्पतालको अड्डीका कारण तत्काल सम्भव भएन ।

अवस्था कतिसम्म जटिल बन्यो भने आगलागीका घाइतेलाई अस्पतालबाट छुटाउन कोशी प्रदेश सरकारका बिनाविभागीय मन्त्री शमशेर राई र स्वास्थ्य सचिव सुधा देवकोटा नै अस्पताल पुग्नुपर्‍यो । मन्त्री राईले बिरामी आफूलाई बुझाइदिन भने पनि अस्पतालले बिरामीको स्वास्थ्य सुरक्षा सुनिश्चितता नभई रेफर गर्न नमिल्ने भन्दै फर्काइदियो ।

मन्त्री राईले अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पैसा बुझाएर मात्रै बिरामी लैजान भनेको बताए । मन्त्री राईको अनुरोध नमानेपछि मुख्यमन्त्री केदार कार्की पनि अस्पताल पुगे । उनले आफूसँग पनि अस्पतालले बिरामी डिस्चार्ज गर्न आनाकानी गरेको बताए । कान्तिपुरसँगको कुराकानीमा कार्कीले भने, ‘जलनको उपचार हुँदैन भन्ने थाहा पाईपाई पनि सिकिस्त घाइतेलाई रेफर गरेन । जबकि, जलेकाहरू जीवन मृत्युको लडाइँ लडिरहेका थिए ।’ 

बिना विभागीय मन्त्री राईले अनुरोध गर्दा अस्पतालले ‘बिरामी दिन्नौं, यस्ता कति मन्त्री आउँछन् आउँछन्’ भनेर ओठे जवाफ दिएको मुख्यमन्त्री कार्कीले बताए । प्रदेश सरकारले उपचारको खर्च ग्यारेन्टी गर्छ भनेपछि बल्ल उनीहरू बिरामी पठाउन तयार भएको बताउँदै कार्कीले भने, ‘बिरामी लान दिएनन् भने म ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्छु । बिरामी तलमाथि भयो भने ज्यान मारेको अभियोग लाग्छ भनें । पछि प्रमुख जिल्ला अधिकारी र एसपीले कुराकानी गरेर बिरामी लाने प्रक्रिया अगाडि बढाएका हुन् ।’

अस्पताल प्रशासनले भने खास समस्या नभएर सामान्य ‘मिसअन्डरस्ट्यान्डिङ’ मात्रै भएको जनाएको छ । अस्पतालका व्यवस्थापकमध्येका एक प्रमिश गिरीका अनुसार बिनाविभागीय मन्त्री राईले बिरामी बुझाइदिनूस् भने पनि हचुवाका भरमा उहाँलाई बुझाउन नमिल्ने र उपचार गर्न नसक्दा मात्रै ‘रेफर’ गर्न सकिने प्रस्ट पारेको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मन्त्री र अस्पताल प्रशासनको बुझाइमा सामान्य समस्या भएको जनाउँदै प्रदेशका मुख्यमन्त्री कार्कीसहित अस्पताल व्यवस्थापनसँगको छलफलपछि बिरामी ‘रेफर’ गरेर काठमाडौं पठाइएको जनाए । प्रजिअ पोखरेलले भने, ‘मुख्यमन्त्री आफैं छलफलमा सहभागी भएपछि अस्पतालले रेफर गर्न सहमति गरेपछि घाइतेलाई सेनाको हेलिकोप्टरमा राखेर मंगलबार काठमाडौं पठाइएको हो ।’ उनले उपचारमा लागेको करिब ५ लाख रुपैयाँ प्रदेश सरकारले भुक्तानी गर्ने भएको पनि बताए । अस्पतालले रेफर गर्नुअघि पैसाको सुनिश्चितता खोजेपछि मुख्यमन्त्री कार्कीले दैवी प्रकोपको बैठक बसेर निर्णय गर्ने गरी अग्निपीडितको उपचार खर्चको बिल प्रदेश सरकारलाई पठाइदिन प्रजिअ पोखरेललाई निर्देशन दिएका थिए ।

यो घटनाबारे जानकार एक सुरक्षा अधिकारीका अनुसार मुख्यमन्त्री कार्कीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु गिरीलाई भेटेर रेफर रोक्न नमिल्ने भन्दै पैसाको कारण भए उपलब्ध गराउने बताएका थिए । ‘मुख्यमन्त्रीले पैसाकै कारण हो भने म ग्यारेन्टी लिन्छु भन्नुभयो,’ ती सुरक्षा अधिकारीले भने, ‘त्यसपछि डा. गिरीले यो लेभलबाटै कुरा आएपछि नाइँ भन्ने त कुरै आउँदैन भनेका थिए ।’

उपचारका लागि विराटनगर हुँदै काठमाडौं लगिएकामा उर्लाबारी–७ का विशाल बस्नेत, शिवकुमार विक, रामनरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुइँटेल, रातामान सोरेनलगायत १४ जना छन् । बीएन्डसीमा उपचाररत उर्लाबारी–७ का कविराज दाहाल, लालबहादुर लिम्बू, नवीन थापा, विक्रम साह, प्रकाश लिम्बू, तपन पण्डित, सजन स्याङ्तेन, रुकुमबहादुर कार्की, हेमकुमार दाहाल र करण संग्रौलालाई पनि थप उपचारका लागि काठमाडौं लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा