राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै


erastriya बिहीबार, जेठ ३०, २०८२

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ।
हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।
 
हिजो अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि दिउँसो ३ः१५ बजेवाट सुरू भएको बैठकलाई प्रतिपक्षले अबरोध गरेका थिए।
हिजोको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।


यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो।

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् । उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्विकार नगरे पछि संसद बैठक प्रभावित हुदैँ आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्
अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

१ दिन अघि

स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे
स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

१ दिन अघि

आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’
आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

१ दिन अघि

प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित

१ दिन अघि

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

    आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

  • पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

    पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

  • अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

    अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउ…

  • स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

    स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृ…

  • प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

    प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका काय…

  • आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

    आम नेपालीले भोगेको समस्या देखाउने फिल्म ‘जनै हराएको…

  • सिरियामा नयाँ ड्रेस कोड लागु, महिलालाई पुरै शरीर ढाक्न अनिवार्य

    सिरियामा नयाँ ड्रेस कोड लागु, महिलालाई पुरै शरीर ढ…

  • प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित