काठमाडौँ । इजरायलले इरानविरुद्ध फेरी आक्रमण शुरु गरेको छ । इरानको ताब्रिज शहरमा इजरायलले आक्रमण गरेको इरानी मिडियाले उल्लेख गरेका छन् ।
इजरायलको आक्रमण भिषण रहेको र इरानी एयर फोर्सको एयर बेसमा ठुलो धुवाँ उडिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । साथै उत्तरपश्चिम इरानको ताब्रिज विमानस्थलमा समेत ठुलो विस्फोट भएको बताइएको छ ।यस अघि शुक्रबार भएको इजरायलको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर हुसेन सलामीसहित खतम अल अनबियाका प्रमुख घोलाम अलि राशिद तथा परमाणु वैज्ञानिकद्वय डा एएस फेरेदौन अब्बासी र डा एएस तेहरानको समेत मृत्यु भएको थियो । सो आक्रमणमा इरानका सैन्य प्रमुख मोहम्मद बघेरी, सेनाका शीर्ष तहका अन्य सदस्यहरू र वरिष्ठ आणविक वैज्ञानिकहरू पनि मारिएका थिए ।
इजरायलको आक्रमणको जवाफ दिदै इरानले सय भन्दा बढी ड्रोन आक्रमण गरेपनि इजरायलले सबैलाई खसालिदिएको दाबि गरेको छ ।
प्रतिकिर्या