काठमाडौँ । इजरायलस्थित नेपाली दुताबासले इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन गर्न शुरु गरेको छ ।
दुताबासले ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि सूचना संकलनको काम शुरु गरेको जानकारी दिएको छ ।
दुताबासले प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ ।
गत शुक्रबारपछि इजरायल र इरानबीच शुरु भएको युद्धका कारण ठुलो संख्यामा इजरायलमा रहेका नेपालीको अवस्था बारे चिन्ता व्यक्त गरिएको छ । दुताबासले अहिलेसम्म भने सबै नेपाली सुरक्षित रहेको बताएको छ ।
सरकारी आँकडामा हाल इजरायलमा ५५ सय नेपाली रहेका छन् भने इरानमा १२ जना नेपाली रहेका छन् ।
प्रतिकिर्या