राजनीति

बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला


erastriya सोमबार, असार ०९, २०८२

काठमाडौँ । बजेटमा व्यवस्था गरिएको जलविद्युत क्षेत्रमा 'टेक एन्ड पे' को व्यवस्थाले सत्ता गठबन्धनमा संकट ल्याएको छ । नेपाली कांग्रेसले बजेटमा गरिएको 'टेक एन्ड पे' को व्यवस्था हटाउन अर्थमन्त्री विष्णु पौडललाई चेतावनी दिएको हो ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री पौडेललाई बजेटबाट टेक एण्ड पे' को व्यवस्था नहटाए बजेट पारित नहुने चेतावनी दिएको कांग्रेसका एक सांसदले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिएका छन् । सभापति देउवाले आफुले कांग्रेसका सांसदहरुलाई रोक्न नसक्ने र यो विषयले सत्ता गठबन्धनमै संकट ल्याउने भन्दै सो व्यवस्था हटाएर पुरानै व्यवस्था कायम गर्न अर्थमन्त्री पौडेललाई भनेका हुन् ।

 

यसअघि सोमबारनै उर्जामन्त्री दिपक खड्काले प्रतिनिधि सभाको बैठकमा उर्जा मन्त्रालयले बजेटमा गरिएको 'टेक एण्ड पे' को व्यवस्था हटाउन अर्थ मन्त्रालयमा पत्र लेखिसकेको जानकारी दिएका थिए ।

 

मन्त्री खड्काले संसदमा भनेका थिए- 'टेक एन्ड पेको विषय चर्चामा छ । सांसदहरूको प्रश्न पनि अलि बढी केन्द्रित भएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त राय सुझाव समेतको आधारमा १० मेगावाटसम्म साना जलविद्युत आयोजनाका साथै विद्युत् खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पे प्रावधान नै गर्न उपयुक्त हुने भएकोले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेठ २७ को पत्रमार्फत संशोधन गरी अर्थ मन्त्रालयमा अनुरोध गरेर पठाएको ब्यहोरा जानकारी गराउन चाहन्छु ।' 

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संसदमा पेस गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२७ मा भनिएको छ- 'जलविद्युत आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सब स्टेशन र प्रशारण लाइन निर्माण गरिनेछ । विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइनेछ । रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिनेछ ।'

 

प्रतिनिधि सभाको बैठकमा मंगलबार बजेट पारित गर्ने तयारी गरिएको छ । यसका लागि कांग्रेस र एमाले संसदीय दलका प्रमुख सचेतकले आ-आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित भएर बजेटका पक्षम अनिवार्य रुपमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला
सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

४ घण्टा अघि

रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ
रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

असार १४, २०८२

म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली
म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

असार १४, २०८२

कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा
कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

असार १३, २०८२

ताजा अपडेट

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…