अन्तर्राष्ट्रिय

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार


erastriya शनिबार, असार १४, २०८२

काठमाडौँ । इजरायलसँगको १२ दिने युद्धमा मारिएका ६० इरानी अधिकारीहरूको अन्तिम संस्कार शनिबार गरिएको छ ।  यसमा ३० सैन्य कमाण्डर र ११ आणविक वैज्ञानिकहरू सामेल छन् । उनीहरूको अन्त्येष्टिको लागि हजारौं मानिसहरू तेहरानमा भेला भएका थिए ।

इरानका सर्वोच्च सैन्य अधिकारी मोहम्मद बघेरीको पनि अन्तिम संस्कार गरिएको छ । उनी इरानको सशस्त्र सेनाका प्रमुख थिए । अधिकारीहरूको शवलाई सवारी साधनहरूमा इरानी झण्डाले बेरिएको कफिनमा राखिएको थियो । अधिकारीहरूको तस्बिर पनि कफिनसँगै राखिएको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराक्ची, संसदका सभामुख मोहम्मद बाकर कालिबाफ, न्यायपालिका प्रमुख मोहसेनी-एजेई, आईआरजीसी कुड्स फोर्स कमाण्डर इस्माइल कानी र अन्य धेरै ठूला नेताहरू र सैन्य अधिकारीहरू पनि अन्त्येष्टिमा पुगेको इरानी मिडियाले उल्लेख गरेका छन् ।

इरान र इजरायलबीच जुन १२ मा युद्ध सुरु भएको थियो । अमेरिकाले जुन २२ मा इरानको आणविक अड्डाहरूमा आक्रमण गर्‍यो र त्यसको दुई दिन पछि, जुन २४ मा, इरान र इजरायलबीच युद्धविराम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

१८ घण्टा अघि

रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी
रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

१ दिन अघि

युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस
युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

असार १५, २०८२

इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन
इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

असार ११, २०८२

ताजा अपडेट

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…

  • राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

    राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस