काठमाडौं । नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को अग्रता लिएको छ ।
उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको हो ।
नेपालका लागि खेलको छैटौं मिनेटमा गीता राणाले हेडमार्फत पहिलो गोल गरेकी थिइन् भने सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन् । साम्बाले खेलको २०औं, ४२औ र ४५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।
फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।
यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०-० ले हारेको थियो ।
प्रतिकिर्या