काठमाडौँ । २०२१ मा सत्तामा आएदेखि अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो राष्ट्र बनेको छ । रुसले इस्लामिक देश अफगानिस्तानको राजदूतलाई स्वीकार गर्दै तालिबान सरकारलाई मान्यता दिएको हो ।
रुसको विदेश मन्त्रालयले भनेको छ- 'हामी विश्वास गर्छौं, अफगानिस्तानको इस्लामिक इमिरेट्सको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरू बीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।'
विदेश मन्त्रालयले अगाडी बनेको छ- 'हामीले ऊर्जा, यातायात, कृषि र पूर्वाधारका क्षेत्रहरूमा परियोजनाहरूमा जोड दिँदै व्यापार र आर्थिक क्षेत्रमा सहयोगको लागि महत्त्वपूर्ण सम्भावनाहरू देखेका छौं । साथै हामी क्षेत्रीय सुरक्षालाई सुदृढ पार्न र आतंकवाद र लागूपदार्थ सम्बन्धी अपराधको खतरासँग लड्न काबुललाई सहयोग गर्न जारी राख्नेछौं ।'
रुसी मन्त्रालयको विज्ञप्तिमा रूसका लागि नयाँ अफगान राजदूत गुल हसन हसनको तस्बिर पनि समावेश थियो, जसले रूसी उप-विदेशमन्त्री एन्ड्रे रुडेन्कोलाई आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
तालिबानको विदेश मन्त्रालयले रुसको निर्णयलाई सकारात्मक र महत्त्वपूर्ण भनी स्वागत गरेको छ ।
प्रतिकिर्या