काठमाडौँ । जारी फिफा क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने चार क्लबको टुंगो लागेको हो ।
क्लब विश्वकपको सेमिफाइनलमा फ्लुमिनेन्स, चेल्सी, पिएसजी र रियल म्याड्रिड पुगेका छन् ।
फ्लुमिनेन्सले क्वाटरफाइनलमा अल हिलाललाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने चेल्सीले पाल्मिरासलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी पिएसजीले बायर्न म्युनिखलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
अब सेमिफाइनलमा फ्लुमिनेन्स र चेल्सी तथा पिएसजी र रियल म्याड्रिड खेल्दैछन् ।
सेमिफाइनलका खेल जुलाई ८ र ९ मा हुने छन् ।
प्रतिकिर्या