काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नयाँ राजनीतिक दल गठन गर्ने निर्णयको मजाक उडाएका छन् र यो सफल नहुने दाबी गरेका छन् ।
ट्रम्पले मस्कको 'अमेरिका पार्टी' लाई हास्यास्पद भन्दै देशले परम्परागत रूपमा दुई-दलीय प्रणालीमा विश्वास गर्दै आएको छ र तेस्रो राजनीतिक दलको लागि कुनै ठाउँ नभएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति चुनावको समयमा ट्रम्पका सहयोगी रहेका व्यवसायी मस्कले ट्रम्पसँगको विवादपछि नयाँ पार्टी गठनको घोषणा गरेका छन् ।
डोनाल्ड ट्रम्पले मस्कको 'अमेरिका पार्टी' को घोषणाप्रति टिप्पणी गर्दै भनेका छन्- 'मलाई लाग्छ यो एक बालहठ कदम हो । हामीले रिपब्लिकन पार्टीसँग ठूलो सफलता पाएका छौं । डेमोक्र्याट पार्टीले आफ्नो बाटो र विश्वास गुमाएको छ तर देशमा सधैं दुई-दलीय प्रणाली रहेको छ । मलाई लाग्छ, तेस्रो पक्ष सुरु गर्नाले भ्रम मात्र बढ्नेछ । तेस्रो पक्ष कहिल्यै सफल भएका छैनन्, मस्कले यसको साथ रमाइलो गर्न सक्छन् ।'
ट्रम्पले सामाजिक सञ्जालमा पनि मस्कको नयाँ पार्टी गठन गर्ने घोषणाप्रति प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्- 'विगत पाँच हप्तामा मस्क पूर्ण रूपमा बाटो बिराएको देख्दा मलाई दुःख लागेको छ, उनी रेलको भग्नावशेष जस्तै भएका छन् । उनी तेस्रो राजनीतिक दल सुरु गर्न चाहन्छन् भन्ने थाहा पाएर दुख लागेको छ, जो अमेरिकामा कहिल्यै सफल भएको छैन । तेस्रो पक्षहरूको लागि राम्रो हुने एउटै मात्र कुरा भनेको बढ्दो अराजकता हो ।'
मस्कले भने अमेरिका पार्टीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरूको दुई-दलीय राजनीतिलाई चुनौती दिने बताएका छन् ।
प्रतिकिर्या