काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
तिनै जनालाई संसदीय सुनुवाई समितिले आजै अनुमोदन गरेको थियो ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रतिकिर्या