राजनीति

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र


erastriya सोमबार, असार २३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने कुनै नीति र सोच नरहेको स्पष्ट गरेको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नरहेको बताउदै आफ्नो धारणा स्पष्ट गरेका हुन्  । 

माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे तर एमालेसँग अहिले एकताको चर्चा नरहेको माओवादी केन्द्रले स्पष्ट गरेको छ । साथै तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ ।

माओवादी केन्द्रले भनेको छ-

कतिपय सञ्चार माध्यममा ‘बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव’ शिर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन । दोश्रो कुरा एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि चलेको छैन । यस प्रकारका तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायमा वास्तविकता स्पष्ट पार्न यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

६ घण्टा अघि

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

८ घण्टा अघि

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता राजनीतिक वृतमा तरंग
पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता राजनीतिक वृतमा तरंग

१ दिन अघि

अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

असार २०, २०८२

ताजा अपडेट

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

    नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छै…

  • सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

    सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

  • जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री …

  • प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

  • 'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

    'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समित…

  • अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

    अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प