भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा
काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बहादुर बाग नेपाल प्रहरी साईबर ब्यूरोको खोरमा पुगेका छन् । नेकपा(माओवादी केन्द्र) कि सांसद छिरिङ ल्हामु लामा(तामङ)ले आफ्रनो व्यक्तिगत चरित्र हत्या गरेको भनेर दिएको उजुरीपछी आइतबार निज बागलाई ब्यूरोले पक्राउ गरेको जनाएको छ ।
डोटिको आदर्श गाउँपालिका ७ स्थायी घर भई काठमाडौको मिलनचोक बस्ने ३० वर्षका रमेश बहादुर बगलाई पक्राउ गरिएको जनाईको हो । सांसद लामाले विद्युतीय कारोबार ऐन २०६३ मा टेकेर कारवाहीका लागि उजुरी गरेकी थिइन ।
सांसद लामाले बगलगायत ६ जनाविरुद्ध उजुरी दिएको बताएकी छन् । निज बाग शाहीको निजी सचिवालय सदस्य भएको पनि जनाईको छ । बग लगायतले सामाजिक सन्जाालमा चरित्र हत्य गर्ने योजनासहित सामाग्रि नियोजितरूपमा हालेकोले निजलाई पक्राउ गरि कारवाहि गर्न लामाले माग गरेकी ब्यूरोले जनाएको छ ।
पक्राउ परेका बागलाई छुटाउन सांसद शाहिले प्रहरी प्रशासनलाई दबाब दिइरहेको पनि स्रोतले बताएको छ । पीडित लामाले ज्ञानेन्द्र शाहीको नियोजितरूपमा लामो समयदेखि चरित्र हत्या गर्दै आएको बताउँदै भनिन्,“शाहीको समूह हात धोएर मपछी लाग्यो हद नाघेपछी प्रहरीमा जानु पर्यो ।”
प्रतिकिर्या