समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय


erastriya शनिबार, असार २८, २०८२

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा रहेका छन् । प्रधानमन्त्री ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल र इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको आज उद्घाटन गरेका छन् ।

२- मधेश प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल आजपनि विपक्षी दलहरुले अवरोध गरेका छन् । शनिबार बसेको बैठक पनि विपक्षी दलहरुले बहिष्कार गरेपछि बजेटमाथिको छलफल हुन नसकेको हो । असार २२ देखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण छैठौं पटक बैठक स्थगित भएको छ । विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन् ।

३- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक भएको टिप्पणी गरेका छन् । शनिबार चीनबाट फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पूर्वराष्ट्रपति भण्डारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले राजनीतिमा फर्किएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् । नेता खनाल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा बेइजिङमा आयोजित 'विश्व सभ्यता संवाद' मा सहभागी हुन असार २३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

४- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद बढेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दिनअघि पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएपछि विवाद बढेको हो । यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् । पार्टीका महामन्त्री धवलशम्शेर राणाले आफ्नो नेतृत्वमा अध्यक्ष लिङ्देनविरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् ।   राणाको नक्सालस्थित सचिवालयमा भएको छलफलमा ५० भन्दा बढी केन्द्रीय सदस्य सहभागी रहेको दाबि गरिएको छ ।

५- असार २४ गते आएको भोटेकोशीको बाढी पछि अहिले पनि ९१ जना नेपाली  केरुङमै रहेका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाले उनीहरुलाई नेपाल ल्याउन गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल थालिएको बताएपनि अहिलेसम्म उनीहरुलाई ल्याउने विषयमा ठोस पहल भएको पाइएको छैन । केरुङमा रहेका ९१ जना नेपाली नागरिकहरुलाई चिनीयाँ पक्षबाट केरुङमा खान, बस्न, औषधिपचार र अन्य आवश्यक प्रबन्ध सहित सुरक्षित अवस्थामा राखिएको जानकारी चिनीयाँ पक्षले जानकारी दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ । 

६- गल्छी-सितापाइला सडक हुँदै काठमाडौं आइरहेको कारमा आगो लागेको छ । शनिबार बिहान काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुंगास्थित खड्का मोडमा बा.प्र ०१-०३१ च ०९६६ नम्बरको कारमा आगलागी भएको हो । प्रहरीका अनुसार कारमा आगो लागेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कारमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । कार चालक काठमाडौंको लाजिम्पाटका सुरेश श्रेष्ठ र कारमा सवार अर्को एक जनाको सकुशल उद्धार गरिएको थियो ।

७- बैतडीको जयपृथ्बी राजमार्गअन्तर्गतको बझाङ-बैतडी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । सुर्नया गाउँपालिका-७ नाचन्थलि स्थित जयपृथ्बी राजमार्गमा बझाङ-बैतडी सडकखण्डको भन्ज्याङ भन्ने स्थानमा सडक माथिबाट पहिरो आएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।

८- नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ । बैंकले वित्तीय सेवा मात्र नभइ समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै आएको छ ।

९- भारतको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टमाथि एयरलाइन पाइलट एसोसिएसन अफ इन्डियाले अनुसन्धानको विधिमाथि चिन्ता व्यक्त गरेको छ । एसोसियसनले विज्ञप्तिमा, योग्य व्यक्तिहरूलाई अनुसन्धानमा समावेश नगरिएको आरोप लगाउदै रिपोर्टप्रति चिन्ता व्यक्त गरेको हो । एसोसियसनका अध्यक्ष क्याप्टेन साम थोमसले भनेका छन्- 'हामीलाई लाग्छ, यो अनुसन्धान पाइलटहरूलाई दोषी ठानेर गरिएको छ र हामी यो सोचाइमा आपत्ति जनाउँछौं ।'

१०- गत महिना भएको एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन बाहिर आएको छ । यो प्रतिवेदनले विमान दुर्घटनाको मुख्य कारणहरूमाथि प्रकाश पारेको छ । यो प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले जारी गरेको छ । प्रतिवेदन अनुसार, विमानको इन्जिन बन्द गर्ने दुवै इन्धन नियन्त्रण स्विचहरू विमान उड्ने बित्तिकै 'कट-अफ' को स्थितिमा राखिएको थियो । ककपिटको आवाज रेकर्डिङमा, एक पाइलटले अर्कोलाई सोध्छन्- 'कट-अफ' किन गरेको ? जवाफमा, अर्को पाइलट भन्छन्- मैले गरेको होइन । रिपोर्टमा कुन आवाज कुन पाइलटको हो भन्ने कुरा स्पष्ट नभएको बताइएको छ ।

११- दक्षिण कोरिया, अमेरिका र जापानले संयुक्त हवाई अभ्यास गरेका छन् । यो अभ्यास शुक्रबार अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएको थियो । उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शन गर्न अमेरिकी बी-५२ रणनीतिक बमवर्षक लडाकु विमान अभ्यासमा सामेल भए । यति मात्र होइन, तीन देशका शीर्ष सैन्य अधिकारीहरूले उत्तर कोरियालाई क्षेत्रीय सुरक्षामा खतरा हुने गतिविधिहरू बन्द गर्न पनि आग्रह गरेका छन् । उत्तर कोरियाको सीमा नजिकको अभ्यास यस्तो समयमा भएको हो, जब रूसी विदेशमन्त्री सर्गेई लाभरोभ उत्तर कोरिया पुगेका छन् । यसले उत्तर कोरिया र रूसलाई उत्तेजित पार्न सक्ने विश्लेषण भइरहेको छ ।

१२- म्यानमारको सागाइङ क्षेत्रमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिसहरू शरण लिन गुम्बामा आएको अवस्थामा आक्रमण भएको थियो । आक्रमणमा ३० जना घाइते भएका छन्, जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा चार बालबालिका पनि छन् । मिडिया रिपोर्टका अनुसार बिहान करिब १ बजे गाउँको गुम्बामा जेट फाइटरले बम खसालेको थियो ।

१३- निर्देशक रुपेश तामाङले अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा लिएर निर्माण गर्न लागेको फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । शुक्रबार फिल्मको थिम पोष्टर सार्बजनिक गर्दै फिल्मको नाम सार्बजनिक गरिएको हो । रुपेशले पूजालाई दुई महिनाअघि उनको जन्मदिनको दिन फिल्ममा अनुबन्धित गरेका थिए । आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) बाट बनाइएको थिम पोस्टर हेर्दा फिल्म एक्सन प्रधान हुने अनुमान गर्न सकिन्छ ।

१४- कमेडियन खड्गबहादुर पुन ‘खबपु’ को मुख्य भूमिका रहेको फिल्म ‘चिट्ठी’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले आगामी भदौ २० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराएको हो । कुवेर सिने डिस्ट्रीब्युसनले फिल्मलाई देशभर वितरण गर्नेछ । 

१५- बलिउड अभिनेता सनी देओलले आफ्नो आगामी फिल्म बोर्डर- २ को छायांकन सकेका छन् । सनीले सामाजिक सञ्जालमा आर्मी पोशाकमा आफ्नो तस्बिर सेयर गरेर फिल्ममा आफ्नो भूमिकाको सुटिंग सकेको जानकारी दिएका हुन् । बलिउड अभिनेता सनी देओलले आफ्नो अर्को एक्सन फिल्म बोर्डर- २ को छायांकन पूरा गरेका हुन् । 

१६- अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको जानकारी दिएको छ । फिफाले मार्च १५, २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा) मा  आर्थिक अपारदर्शिताको आशंका गर्दै ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर खर्च गर्न दिने गरेको थियो । चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

१७- यस बर्षको विम्बल्डनको पुरुष सिंगल्सको फाइनलमा इटालीका जानिक सिनर र स्पेनका कार्लोस अल्काराज भिड्ने भएका छन् । सिनरले जोकोभिचलाई तीन सेटमा पराजित गरेर फाइनलमा पुगेका हुन् । उनले ६-३, ६-३ र ६-४ को सेटमा जित हासिल गरेका हुन् । २३ बर्षिय सिनर पहिलो पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् । उनले अहिलेसम्म तीन ग्राण्ड सलाम जितेका छन् । सिनरले २०२४ र २०२५ को अस्ट्रेलियन ओपन जितेका थिए भने २०२४ मा युएस ओपन जितेका थिए । अब सिनरले फाइनलमा स्पेनका स्पेनका कार्लोस अल्काराजसँग उपाधिका लागि खेल्ने छन् । अल्काराजले अमेरिकाका टेलर फ्रिट्जलाई चार सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । अल्काराजले ६-४, ५-७, ६-३ र ७-६ (८-६) को सेटमा जित हासिल गरेका थिए । अल्काराजले पछिल्लो दुई विम्बल्डन सिंगल्स लगातार जितेका छन् । 

१८- स्पेन र इटाली जारी महिला युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । समुह बी बाट स्पेन आफ्ना तिनै खेल जितेर समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको छ भने इटाली उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । यस समुहबाट बेल्जियम र पोर्चुगल बाहिरिएका छन् । अब क्वाटरफाइनलमा स्पेनले स्वीजरल्याण्डको सामना गर्ने छ भने नर्वेले इटालीको सामना गर्ने भएको छ । 

१९- एसीसी यू-१६ इष्ट जोन कप जित्ने नेपाली टिमका प्रमुख सदस्य सुशील रावललाई सुदूरपश्चिम रोयल्सले एक लाख सहयोग गरेको छ । एनपीएल फ्रेन्चाईजी सुदूरपश्चिमले एसीसी यू-१६ इष्ट जोन कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुशीललाई एक लाख सहयोग गरेको हो । सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले सुशीललाई एक लाख नगद हस्तान्तरण गरेका छन् ।

२०- नेदरल्याण्डस र इटाली आइसीसी पुरुष टी-२० विश्वकपमा छनौट भएका छन् । युरोप छनौट अन्तर्गत नेदरल्याण्डस र इटाली विजेता र उपविजेता हुदै विश्वकपमा छनौट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज
प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

असार २२, २०८२

ताजा अपडेट

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर