समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली


erastriya बिहीबार, साउन ०२, २०८२

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन् ।  

पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्ता मा ओलीले भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका हुन् । उनले भनेका छन्- 'अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने सकिने अवस्था छैन । किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले ठानेको मानेको अवस्था छैन ।' 

प्रधानमन्त्री ओलीले पुर्वराष्ट्रपति भण्डारी आफैले विचार गर्नुपर्नेमा किन बोलिरहनु भएको छ भन्ने पार्टीले सोध्ने बताए ।

उनले भनेका छन्- 'विद्याजीले राष्ट्रपति हुन्जेल आफ्नो भूमिका राम्रोसँग निभाउनु भएको हो । यो कानुनी र संबैधानिक प्रश्न पनि होइन । यो नैतिकताको विषय हो । अहिले मसँग परामर्श भएन । कहाँ परामर्श गर्नु भयो थाहा भएन । अध्यक्ष म छु, पार्टीसँग सल्लाह गर्नुभएन । आउन मिल्छ मिल्दैन । संबैधानिक मान्यतालाई असर गर्छ या गर्दैन । भन्ने विषयमा छलफल गर्नु भएन । पार्टीमा कुनै मौखिक लिखित अधिकारिक ढंगले छलफल गर्नु भएको छैन । यस विषयमा हामिले बैठक बसेर छलफल गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानु भएको होइन । उहाँ हाम्रो उम्मेदवार हो । राष्ट्रपतिमा जानु भन्दा अगाडी उहाँ उपाध्यक्ष हो । अब उहाँले प्रश्न उठाइसकेपछि, आउछु भनेपछि पार्टीले निर्णय गर्छ । निर्णय गर्न धेरै ढिलो गर्दैनौं ।'

भण्डारीलाई अगाडी सारेर चीनले नेपालमा कम्युनिष्टहरुलाई एक बनाउने रणनीति हो भन्ने प्रश्नको जवाफमा ओलीले आफुले त्यस्तो सम्भावना नै नदेखेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…