खेलकुद

पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित


erastriya आइतबार, साउन १२, २०८२

काठमाडौँ । पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित भएको छ । आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोले फेलिक्सलाई अल नासरमा भित्र्याउन पहल गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाल प्रिमियर लिग क्लब चेल्सीमा रहेका फेलिक्सले गत सिजनमा इटालियन क्लब एसी मिलानमा लोनमा खेलेपनि उनको प्रदर्शन राम्रो हुन सकेको थिएन । हाल चेल्सीमै रहेका फेलिक्सलाई उनकै पुर्व क्लब बेनिफिकाले किन्न खोजिरहेका बेला अल नासर यस दौडमा आएको हो ।

खेल पत्रकार फब्रिजियो रोमानोका अनुसार अल नासरले चेल्सी र फेलिक्सका प्रतिनिधिसँग छलफल गरेपाची उनको अल नासर जाने निश्चित भएको हो । चेल्सीले फेलिक्सका लागि ५३ मिलियन युरो माग गरेपनि ३० मिलियन डलरमा सहमति भएको बताइएको छ ।

 चेल्सीले फेलिक्सलाई भित्र्याउदा ५३ मिलियन युरो एटलेटिको म्याड्रिडलाई तिरेको थियो । फेलिक्स २०१९ मा कीर्तिमानी १२६ मिलियन युरोमा एटलेटिकोमा गए पनि उनले क्लबमा राम्रो प्रदर्शन गर्न नसकेपछि २०२२ मा चेल्सीमा लोनमा र २०२३ मा बार्सिलोनामा लोनमा खेलेका थिए ।  गत सिजनको जनवरीमा एसी मिलान गएका फेलिक्सले एसी मिलानमा २१ खेलमा ३ गोल गरेका थिए ।

उनले अहिलेसम्म ३०९ खेलमा ८५ गोल गरेका छन् । त्यस्तै पोर्चुगलको राष्ट्रिय टिमका लागि अहिलेसम्म ४५ खेलमा ९ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

६ घण्टा अघि

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा
एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

साउन १२, २०८२

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)

साउन १२, २०८२

कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त
कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

असार ३०, २०८२

ताजा अपडेट

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

  • माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको छ- जनार्दन शर्मा

    माओवादी बारेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भए…

  • नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

    नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्प…

  • चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

    चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्यो…

  • प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

    प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्र…

  • पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

    पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स …