ब्यापार

सुदन किराँती मन्त्री भएपछि नागरिक उड्डयन प्राधिकरणकाे साढे ३ अर्ब नाफा


erastriya सोमबार, पुस १६, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्ष २०७९–८० मा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ खुद सञ्चालन मुनाफा कमाएको छ । पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर उक्त रकम बराबरको सञ्चालन मुनाफा आर्जन गरेको हो ।

 

नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आर्थिक वर्ष २०५६–५७ को आम्दानी ९१ करोड ८४ लाख रहेकोमा आर्थिक वर्ष २०७९–८० मा आइपुग्दा १५ गुणाले वृद्धि भएको बताए । प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको हवाई उडानमा यात्राहरुको संख्या ३६४ प्रतिशत र कार्गो १०० प्रतिशतले वृद्धि भएको बताए ।

गत आर्थिक वर्षमा प्राधिकरणले एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख रुपैयाँ आय गर्दा नन् एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी गरेको थियो । यस्तै सो अवधिमा पुँजीगत खर्च ७ अर्ब ४४ करोड ३८ लाख, सञ्चालन खर्च ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख रुपैयाँ गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च गरेको छ ।

सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको छ । कारोनाका कारण आर्थिक रुपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु आवका पुरानै अवस्थामा फर्किएको उक्त अवसरमा जानकारी दिइयो ।अघिल्लो आर्थिक वर्षको तुलनामा सन् २०२३ को नाभेम्बरसम्ममा अन्तर्राष्ट्रिय हवाइ यात्रा गर्ने हवाई यात्रुको संख्या ४१.०४ प्रतिशतले वृद्धि भई ४१ लाख ५४ हजार ३९३ पुगेको छ ।

 

नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा गरी तीनवटा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान हुने गरेका छन् । सन् २०२२ नोम्बेम्बरसम्म त्रिभुवन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ लाख ४५ हजार ५४० जनाले हवाइ यात्रा गरेका थिए । सन् २०२३ सम्ममा अन्तर्राष्ट्रिय हवाई उडान गर्ने कम्पनी ३० पुगेको छ ।

 

यसैगरी आन्तरिक उडानतर्फ हवाई यात्रु ३७.४८ प्रतिशतले बढेको छ । सन् २०२२ को नोभेम्बरसम्ममा कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रु यात्रा गरेकोमा सन् २०२३ नोम्बेम्बरसम्ममा ७७ लाख ९४ हजार २१७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…