राजनीति

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेटघाट


erastriya बिहीबार, पुस १९, २०८०

 

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही जिल्लाको भैरहवामा छन् ।

 

पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपाका शीर्ष नेताहरु मंगलबार भैरहवा पुगे ।

पूर्वराजा ज्ञानेन्द्र शाह राप्रपाका शीर्ष नेताहरुबीच बुधबार भैरहवामा भेटवार्ता भएको छ ।

 

भेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहित उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।

 

भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको अनुमान गरिएको छ ।

 

नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् ।

 

‘हामी सबैले धेरै देख्यौ र बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक संजालमा भनेका छन् ।

 

राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि घोषणा गरेको आन्दोलनबारे राप्रपाका नेताहरुले पूर्वराजालाई जानकारी गराएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा