मनोरञ्जन

महिलालाई गर्भवती बनाए बापत पैसा दिने भन्दै अनलाइन ठगी


erastriya मंगलबार, माघ ०२, २०८०

काठमाडौं । डिसेम्बरको सुरुमा मङ्गेशकुमार (परिवर्तित नाम) फेसबुक चलाइरहेका थिए । त्यसै क्रममा उनको ध्यान अल इन्डिया प्रेग्नेन्ट जब सर्भिसको भिडिओमा गयो ।

त्यसपछि उनले यस विषयमा थप जानकारी लिने सोच बनाए । साँच्चिकै अनौठो लाग्ने यो जागिरमा महिलालाई गर्भवती बनाउँदा पैसा पाइने भनिएको थियो ।

स्वभाविक रूपमा यो निकै आकर्षक अफर थियो । ३३ वर्षका ती व्यक्ति, जो विवाह समारोहमा सजावटको काम गर्थे र प्रति महिना १५ हजार भारु कमाउँथे, उनले अहिलेसम्म १६ हजार रुपैयाँ गुमाइसकेका छन् र अनलाइन ठगहरूले उनलाई थप रकम मागिरहेका छन् ।

 

बिहारका मङ्गेश केवल एक्ला व्यक्ति होइनन्, जो यो ठगीको सिकार भएका छन् । बिहारका नवाद जिल्लामा साइबर सेलका प्रमुख डीएसपी कल्याण आनन्दले बीबीसीलाई बताए अनुसार यो व्यापक ठगीबाट सयौं व्यक्ति सिकार भएका छन् ।

यसमा सोझा पुरुषलाई निसन्तान महिलासँग एक रात होटेलमा बिताउनु पर्ने र ठूलो रकम उपलब्ध गराउने प्रलोभन दिएर शुल्कको रूपमा रकम तिर्न भनिन्छ । अहिलेसम्म डीएसपी कल्याण आनन्दको टिमले आज जनालाई गिरफ्तार गरेको छ ।

उनीहरूको साथबाट नौ मोबाइल र एक प्रिन्टर बरामद गरिएको छ र अन्य १८ जनाको खोजतलास जारी छ । तर पीडितको खोजतलास गर्न निकै जटिल छ । कल्याण आनन्दले भनेका छन्, "यो समूह एक वर्षदेखि सक्रिय छ र उनीहरूले सयौं व्यक्तिलाई ठगेका छन् । तर सम्भवतः लाजका कारण उनीहरू मध्ये कोही पनि उजुरीका लागि आएका छैनन् ।"

 

तर बीबीसीले दुई जना पीडितसँग कुराकानी गरेको छ, जसमध्ये एक जनाले बताएका छन् कि उनले ७९९ रुपैयाँ गुमाएका छन् । तर ती व्यक्तिले विस्तृत रूपमा बताउन नचाहेको उल्लेख छ ।

 

अर्का व्यक्ति मङ्गेशले हिम्मत जुटाए र कयौं फोन कलका दौरान उनले आफू कसरी यो ठगीको जालोमा फसे भन्ने कुरा बताएका छन् ।

 

उनले भनेका छन्, " मैले भिडिओमा क्लिक गरेको दश मिनेटमा मेरो फोन बज्यो । एक जनाले मलाई भने कि यदि म यो जागिरका लागि रजिस्टर गर्न चाहन्छु भने ७९९ रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।"

ती फोन गर्ने व्यक्तिलाई मङ्गेश 'सन्दीप सर' भनेर बोलाउँथे, जसले उनलाई भनेका थिए कि उनले मुम्बईमा एक कम्पनीका लागि काम गर्नुपर्ने हुन्छ र एक पटक रजिस्टर गरेपछि गर्भवती बनाउनु पर्ने महिलाको जानकारी उपलब्ध गराइनेछ ।

उनले मङ्गेशलाई पाँच लाख रुपैयाँ भारु दिने बताएका थिए, जुन उनको ३० वर्षको तलब बराबर हुन्छ । उक्त रकम ती महिलासँग यौन सम्पर्क राखेपछि प्राप्त हुने भनिएको थियो ।

यदि महिला गर्भवती भएको खण्डमा थप आठ लाख रुपैयाँ पुरस्कार स्वरूप दिने बाचा गरिएको थियो । दुई साना बालकका बुबा मङ्गेशले भनेका छन्, "म गरिब मान्छे हुँ, मलाई पैसाको एकदमै खाँचो छ । त्यसैले मैले उनको कुरामा विश्वास गरिहालें ।"

त्यसको केही हप्तामा मङ्गेशबाट पटक पटक गरी १६ हजार रुपैयाँ भारु असुलियो । दुई हजार ५५० रुपैयाँ अदालतका केही कागजातका लागि, ४५०० रुपैयाँ भारु सेफ्टी डिपोजिट र ७,९९८ रुपैयाँ जीएसटी स्वरुप भनेर उनलाई पैसा तिर्न लगाइयो ।

उनले बीबीसीलाई सबै रसिद र अदालतका नक्कली कागज देखाए । सरकारी जस्ता देखिने कागजमा उनको नाम लेखिएको थियो र प्रहरीको पोसाकमा देखिने व्यक्तिसँग उनको तस्विर जोडेर राखिएको थियो ।

सबैभन्दा माथि ठुला अक्षरमा लेखिएको थियो- "बेबी बर्थ एग्रिमेन्ट" अनि तल स्पष्ट रूपमा लेखिएको थियो, "प्रेग्नेन्सी भेरिफिकेसन फर्म ।"

 

उक्त कागजातको सबैभन्दा तल यस्तो हस्ताक्षर थियो, जुन चर्चित अमेरिकी टिभी होस्ट ओपरा वनफ्रेको हस्ताक्षरसँग मिल्दोजुल्दो देखिन्थ्यो । ठगहरूले उनको विश्वास कायम राखिराख्नका लागि सात आठ महिलाको तस्विर पठाएर ती मध्ये छनोट गर्न भने ।

 

उनले भनेका छन्, "उनीहरूले मलाई भने कि म जुन सहरमा बस्छु, त्यहीं उनीहरूले एक होटेल रूम बुक गर्नेछन् र म ती महिलासँग त्यही भेट्नेछु ।"

 

 

 

एक महिनाको तलव गुम्यो

 

जब मङ्गेशले बाचा गरिएको पैसा मागे, त्यसपछि उनलाई एक रसिद पठाइयो । र भनियो- उनको बैंक खातामा पाँच लाख १२ हजार ४०० रुपैयाँ भारु जम्मा भइसकेको छ; तर त्यो रोकिएको छ; यदि १२ हजार ६०० रुपैयाँ भारु आयकर जम्मा गरेको खण्डमा उक्त रकम निकासा हुनेछ ।

 

मङ्गेश भन्छन् कि तबसम्म उनले आफ्नो एक महिनाको सारा तलब गुमाइसकेका थिए र उनले अब थप पैसा दिन नसक्ने र आफ्नो पैसा फिर्ता गर्न माग गरे ।

 

मङ्गेशले भनेका छन्, "सन्दीप सरले अस्वीकार गरिदिनु भयो । जब म रिसाएँ, तब उनले भने कि मेरो खातामा पाँच लाख रुपैयाँ जम्मा भइसकेको देखिएको र आयकर अधिकारीले मेरो घरमा छापा मारेर मलाई गिरफ्तार गर्नेछन् ।"

 

"म गरिब मजदुर हुँ । मैले आफ्नो महिनाभरको तलव गुमाइसकेको थिएँ र त्यसमाथि अगाडि गएर कुनै आपराधिक मुद्दामा फस्न चाहन्न थें । म यति डराइसकेको थिएँ कि मैले १० दिनका लागि आफ्नो फोन बन्द गरिदिएँ । मैले केही दिन पहिला मात्र फोन पुनः अन गरेको हुँ ।"

 

डीएसपी आनन्दका अनुसार यो ठगीको पछाडि पढेलेखेका व्यक्तिहरू छन्, केही त ब्याचलरसम्म पढेका छन् । मोबाइल फोन, ल्यापटप र प्रिन्टरले कसरी काम गर्छ भन्ने कुरा उनीहरूलाई थाहा छ ।

 

जब कि अर्कोतर्फ रहेका पीडित देशभरबाट छन्, जो निकै थोरै मात्र पढेलेखेका छन् । मङ्गेश भन्छन् कि उनलाई यो ठगीको जालो हुन सक्छ भन्ने कुरा कतै पनि लागेन किन कि 'सन्दीप सर' ले आफ्नो परिचयपत्र पठाएका थिए, जसमा उनको परिचय भारतीय सेनाका सैनिकको रूपमा बताइएको थियो ।

 

उनलाई फोन गर्ने व्यक्तिको ह्वाट्सएप प्रोफाइल फोटो देखेर समेत विश्वास बढ्यो, जसमा एक आकर्षक विदेशी महिला नवजात बच्चालाई आफ्नो काखमा लिइरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…