मनोरञ्जन

प्रेमी प्रेमिका लाई अंकमाल गर्नाले हटाउँछ कयौँ बिरामी


erastriya शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ । अहिले हामी जस्तो खालको जिन्दगी बाँचिरहेका छौँ, यसमा सबैभन्दा धेरै मानसिक स्वास्थ्य प्रभावित भइरहेको छ । तनावमा हुँदा मान्छेले आफैँलाई चिन्तामा यति डुबाउँछ कि कोही–कोही त डिप्रेशनकै शिकार हुन्छन् । 

यस्तो समस्यासँग जुधिरहेको व्यक्तिका लागि उनको पार्टनरले बेष्ट थेरापिष्टको काम गर्न सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? सुन्दा अचम्म लागे पनि यो वास्तविकता हो । कयौँ अनुसन्धानहरुले यो कुरालाई पुष्टि पनि गरिसकेका छन् । पार्टनरको साथले हामीलाई कयौँ खालका रोगबाट बचाउन सक्छ । यति मात्रै होइन मानसिक स्वास्थ्य सुधार्न पनि उपयोगी हुन्छ पार्टनरको साथ । तर यसका लागि कुराकानी भने गर्न जरुरी छ । पार्टनरसँग कुराकानी गर्नु र आ–आफ्नो चिन्ता शेयर गर्नु भनेको थेरापी जस्तै हो ।

म्याजिकल टोनिक हो पार्टनरको साथ

पार्टनरको साथले जादु गरे जस्तो काम गर्ने रिलेशनशिप काउन्सिलरहरू बताउँछन् । कुराकानीले जिन्दगीलाई बिन्दास र स्वस्थबद्र्धक बनाउँछ । यसरी आफ्नो पार्टनरसँग हाम्रो भावनात्मक र शारीरिक कनेक्शनले टोनिक जस्तैगरी काम गर्छ । साथले हामीलाई भावनात्मक सुरक्षा दिन्छ, एक अर्काको हात समात्ने, मायाले हेर्ने र ‘आई लभ यु’ जस्ता अभिव्यक्तिले केही सेकेन्डका लागि भएपनि सबै तनाव भाग्छ । तपाई विवाहित हुनु हुन्छ या रिलेशनशिपमा हुनुहुन्छ भने पार्टनरको साथले जिन्दगीमा अहम् भूमिका निर्वाह गर्छ । यो हाम्रो मानसिक स्वास्थ्यको लागि निकै जरुरी छ ।

 

कुरा सुन्ने

मलाई समय नै दिएन, बसेर कुराकानी गरेन भनेर प्रायः महिलाहरूले गुनासो गरिरहेका हुन्छन् । विवाहित युवतिका लागि यी सबै कुरा चिन्ताका कारण बन्छन् । यसले सम्बन्धमा पनि नकारात्मक असर पुर्‍याउँछ । हरेक सम्बन्धले समय माग्छ । यो कुरा त हामी सबैलाई थाहा छ । आफ्नो मनमा भएको कुरा अर्कोलाई बुझाउने, बताउने तरिका वार्तालाप नै हो । अधिकांश महिलाहरु इमोशनल हुन्छन् । पार्टनरसँग घुमफिर भन्दा पनि खुलेर कुरा गर्ने अवसर मन पराउँछन् ।

 

एन्टीबायोटिक्स हो आपसी प्रेम

‘ब्रेन, बिहेभियर एन्ड इम्युनिटी’ नामक हेल्थ जर्नलमा छापिएको रिपोर्टका अनुसार पार्टनरसँग भावनात्मक र शारीरिक निकटता कयौँ रोगको रामवाण हो । पार्टनरसँगको प्रेमपूर्ण सम्बन्धले शरीरमा ह्यापी हर्मोनलाई बढाउँछ अनि तनाव बढाउने कर्टिशोल हर्मोनलाई भगाउँछ । यसबाट रोगसँग लड्ने शरीरको क्षमता बढ्छ । मुटुसम्बन्धी समस्याले पनि सताउँदैन । जब मान्छे खुसी रहन थाल्छ उसको मानसिक स्वास्थ्य बलियो हुँदै जान्छ । दिनमा १० सेकेन्ड मात्रै पार्टनरले अँगालो मार्दा इम्युनिटी बढ्छ भनेर एउटा अनुसन्धानमा दाबी गरिएको थियो ।दम्पत्तिबिच सकारात्मक सम्बन्धले घाउ छिटै निको बनाउन मद्दत गर्दछ । ओहियो स्टेट युनिभर्सिटी मेडिकल सेन्टरको अनुसन्धानका अनुसार जो दम्पत्ति एकअर्कासँग खुसी रहन्छन् र प्रेमिल कुराकानी गर्छन् उनीहरुको शरीरमा लागेको घाउ अरुको दाँजोमा छिटै भरिन्छ । पार्टनरको हात समातेर सुत्दा शरीरमा गर्मी पैदा हुन्छ । यसले गर्दा रक्त सञ्चार राम्रो हुन्छ । मान्छेको थकान र तनाव दुवै टाढा त भाग्छन् नै उमेर पनि बढ्छ । यूएस नेशनल हेल्थ इन्टरभ्यू सर्वेका अनुसार हाँसीखुसी वैवाहिक जीवन बिताइरहेका दम्पत्ति सिंगलको तुलनामा ५८ प्रतिशत बढी बाँच्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा