शिक्षा

क्यान्सर हुनु अगाडि देखिने ७ लक्षण हरु


erastriya शुक्रबार, माघ १९, २०८०

काठमाडौं । क्यान्सर यस्तो रोग हो जुन विस्तारै–विस्तारै पूरै शरीरभरी फैलिन्छ । सही समयमा क्यान्सरको लक्षण पत्ता लगाउन नसकेमा यसले ज्यानै समेत लिन सक्छ । क्यान्सर शरीरमा फैलिनु अगाडि देखिने लक्षणहरुको पहिचान गर्न सकेमा यसको उपचार सम्भव हुन्छ । चिकित्सकका अनुसार क्यान्सरका सुरुवाती लक्षणहरु अस्पष्ट हुन्छन् । जसलाई सजिल्यै चिन्न सकिन्न । तर, केही लक्षणहरुले क्यान्सर हुनसक्ने सम्भावनातर्फ इशारा गर्ने गर्छ । यस्ता लक्षणहरु के–के हुन् त ?

 

१. शरीरको कुनै एक अंगमा लामो समयसम्म लगातार दुखाई हुनु, औषधिको सेवनले पनि कुनै असर नदेखाउनु, कुनै रोग नै नभई दुखिरहनु, असहज महसुस हुनु आदि क्यान्सरका सुरुवाती लक्षणहरु हुन् । यस्तो अवस्थामा सही जाँच गराउन आवश्यक छ । चिकित्सकका अनुसार लगातार छाती, फोक्सोमा दुखाई हुनु, टाउको दुख्नु, पेट दुख्नु आदि समस्याको जाँच गर्नुपर्ने हुन्छ । यस्तो दुखाई हुनु भनेको क्यान्सर नै हुनु भन्ने होइन तर यस्ता लक्षण देखिए सही जाँच गर्न भने आवश्यक छ ।

२.लगातार खोकी लाग्नु र खकारमा रगत देखापर्नु पनि क्यान्सर लाग्नुअघिको लक्षण हुनसक्छ ।

३. मुत्रथैली र पिसाबसँग जोडिएका समस्याहरुले पनि क्यान्सर हुनसक्ने सम्भावना रहेको देखाउँछ । पिसाबमा रगत देखिए यसले गम्भीर समस्या हुनसक्ने संकेत गर्छ ।

 

४. महिलाहरुले महिनावारी रोकिएपछि ९मेनोपोज० पनि जाँच गराइरहन आवश्यक छ । मेनोपोजपछि पनि रगत बग्नु सामान्य लक्षण होइन । यसमा साथै, दिसामा रगत देखिनु, गिजा वा मुखमा रगत आउनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।

 

५. बिनाकारण लगातार शरीरको तौल कम हुँदै जानु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ । अग्नाशय, पेट, ग्रासनली, फोक्सो आदिमा क्यान्सर हुँदा यस्ता समस्या देखिन्छन् ।

 

६. आन्द्रासँग जोडिएका समस्या लगातार देखिनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।

 

७. लगातार थकान महसुस हुनु, राम्रो पोषकयुक्त खाना खाँदा पनि कमजोर महसुस गर्नु आदि पनि क्यान्सरका सुरुवाती लक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

१ दिन अघि

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…