शिक्षा

WHO काे प्रक्षेपण- सन् २०५० सम्म नेपालमा क्यान्सर रोगी ९१ प्रतिशतले बढ्ने


erastriya आइतबार, माघ २१, २०८०

२१ माघ, काठमाडौं । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरी मनाइन्छ ।

 

विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी-डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन (२ करोड) नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९.७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन, फ्रान्समा कार्यरत नेपाली वैज्ञानिक डा. दिपेन्द्र सिंहका अनुसार क्यान्सर निदान भएका व्यक्तिहरुको संख्या विश्वमा विगत ५ वर्षभित्र करिब ५३.५ मिलियन थियो । क्यान्सर लागेकामध्ये हरेक ९ जनामा १ जना पुरुष र १२ जनामा १ जना महिलाको मृत्यु भएको पाइएको छ ।

नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ । ‘सन् २०५० सम्ममा नेपालमा क्यान्सर रोगीहरु ९१ प्रतिशतले वृद्धि हुँदै करिब ४२ हजार हुनेछन्,’ डा. सिंह भन्छन्, ‘रिपोर्ट अनुसार क्यान्सर निदान भएकामध्ये ९९ प्रतिशतमा क्यान्सरको मृत्युदर बढ्ने अनुमान गरिएको छ । मृत्युदर पुरुषमा १०८ प्रतिशत र महिला ९० प्रतिशत हुनेछ ।’

यो अनुमान जनसंख्या वृद्धिको अनुपातको आधारमा गरिएको बताउँदै उनले भने, ‘यद्यपि क्यान्सर गराउने सामाजिक जोखिम तत्वहरुलाई आधार मान्दा २०५० सम्ममा अनुमान गरिएभन्दा क्यान्सर रोगीको संख्या अझै धेरै हुनसक्छ ।’

 

नेपालमा क्यान्सर रोगको दर डरलाग्दो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, विश्व स्वास्थ्य संगठनको क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय एजेन्सी आईएआरसीको रिपोर्टलाई आधार मान्दा नेपालमा क्यान्सर रोगको बढ्दो दर डरलाग्दो देखिएको बताउँछन् । ‘हामी जस्तो सानो मुलुकलाई यो हिसाबले क्यान्सर रोगको दर बढ्दै जानु आर्थिक हिसाबले, सामाजिक हिसाबले डरलाग्दो र चिन्ताको विषय हो,’ उनले भने ।

 

क्यान्सरविरद्ध लड्न मन्त्रालयले रणनीतिक योजना बनाउँदै, पूर्वतयारीका काम थालेको उनले बताए । ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी बनाउँदै छौं । त्यही रणनीतिअनुसार स्क्रिनिङको काम भइरहेको छ भने सन् २०२४ मै किशोरीहरुलाई खोप लगाउने तयारी पनि गरिएको छ ।’

नास्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित जनस्वास्थ्य विज्ञ रानाभाट शीघ्र बढ्दै गएको क्यान्सर रोगको नयाँ दर र समग्र भारलाई घटाउन क्यान्सरको शीघ्र निदान, सुर्तीजन्य सेवनको नियन्त्रण, समुदायमा लक्षित क्यान्सर सचेतनाका कार्यक्रमहरु, स्वास्थ्य पूर्वाधारको विकास लगायतमा सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने बताउँछन् ।

 

‘नेपालमा क्यान्सरको समग्र भार र नयाँ दर घटाउन समग्र जनस्वाथ्यका प्रतिकारात्मक विधि, शीघ्र निदान, उपचार सेवा, तिनै तहका सरकारबीच बहुपक्षीय समन्वय गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘साथै समुदायमा आधारित क्यान्सर सम्बन्धी अध्ययन अनुसन्धानलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता छ ।’

 

प्रा.डा. विवेक आचार्यका अनुसार क्यान्सर कसलाई हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । बालबालिका, युवा र ज्येष्ठ नागरिकहरु पनि क्यान्सरबाट पीडित छन् । उमेर र लिंगअनुसार क्यान्सरको प्रकार फरक फरक छ ।

 

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नाक, कान, घाँटी रोग विभागका प्रमुख डा. देजकुमार गौतमले पहिला पहिला ५०/६० वर्ष कटेका व्यक्तिलाई देखिने गरेको नाक, कान, घाँटीको क्यान्सर अहिले २२ वर्षदेखिकै युवाहरुमा पनि देखिएको छ ।

 

क्यान्सर रोग लाग्नुका विभिन्न कारणहरु छन् । तीमध्ये सुर्तीजन्य पदार्थको सेवन, धूमपान र मध्यपान, अव्यवस्थित जीवनशैली तथा खानपान र वंशाणुगत छन् ।

 

विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘सुर्ति, मदिरा, मोटोपन र वायु प्रदूषण पनि क्यान्सर जोखिमको कारण हो । यसको समाधान भएमा मानिसलाई क्यान्सरबाट बचाउन मद्दत मिल्ने छ ।’ onlinekhabar बाट "

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

१ दिन अघि

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…