राजनीति

भारत भ्रमण सके लगत्तै राजेन्द्र महतोकाे काठमाडौँमा आन्दोलनको तयारी


erastriya मंगलबार, माघ २३, २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौँबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने भएका छन् । आन्दोलनको तयारीमा रहेका महतोले आफू मधेसमा मात्र केन्द्रित नरहेको सन्देश दिनका लागि पनि पहिलो शक्ति प्रदर्शन काठमाडौँबाट गर्ने तयारी गरेको उनी निकट नेताहरू बताउँछन् । त्यसका लागि महतोले गोप्य ढङ्गले काठमाडौँ र वरपरका जिल्लामा प्रशिक्षण तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

आदिवासी जनजाति, खस आर्य समुदायलाई साथमा लिनका लागि उनले अहिले दिनहुँ प्रशिक्षणका कार्यक्रम गरिरहेको उनी निकट नेता बताउँछन् । महतो निकटका एक नेताले भने, ‘काभ्रे, धादिङ, सिन्धुली, काठमाडौँ लगायत विभिन्न ठाउँमा प्रशिक्षण चलिरहेका छन्, प्रशिक्षण कार्यक्रमलाई अहिले प्रचारमा ल्याइएको छैन ।’

राजेन्द्र महतोले आफ्नो प्रशिक्षण, गोष्ठी, तालिमलाई मिडियाभन्दा टाढा राखेका छन् । यहाँसम्म कि सामाजिक सञ्जालमा समेत त्यसको बारेमा लेख्न रोक लगाएका छन् । उनको सम्पर्क कार्यालय अहिले अनामनगरस्थित युनियन हाउसमा राखिएको छ । त्यहाँ दिनहुँ छलफल र बैठक भइरहेका हुन्छन् । त्यसबाहेक काठमाडौँमै अन्य ठाउँमा पनि छलफल तथा बैठकका लागि ठाउँको व्यवस्था गरिएको स्रोतले दाबी गरेको छ ।

माघ ५ गते नै आन्दोलन घोषणा गर्ने तयारी भए पनि गृहकार्य पूरा नभएका कारण स्थगित गरिएको थियो । यस बिचमा महतो दुई पटक भारत गएर छलफल गरे । त्यसपछि उनी काठमाडौँलगायत तराई मधेस र पहाडका केही जिल्लामा पुगेर छलफल र बैठक राखेका छन् । महतो उपस्थित हुन नसकेका ठाउँमा बुद्ध छिरिङ, सन्तोष मेहता, सीएन थारु, कमला गुरुङ, रमेश योहाङ, केशव झा, आर.के. तामाङ, निरुतालगायत नेताहरू पुगेर प्रशिक्षण दिएका छन् । महतो र उनको टिमले दैनिकजसो कतै न कतै प्रशिक्षण दिने तथा बैठक आयोजना गर्ने गरिरहेको बताइएको छ ।

महतो अहिले फागुनमा काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनका लागि तयारीका लागि जुटेका छन् । मधेसी तथा आदिवासी जनजाति नमिलेसम्म क्रान्ति सफल नहुने उनको बुझाइ छ । मधेसले एक चरणको आन्दोलन सम्पन्न गरे पनि त्यसले उठाएको मागहरू पूरा नहुनुमा आदिवासी जनजातिले साथ नदिनु नै मुख्य कारण रहेको महतोको निष्कर्ष छ ।

नेता महतोको साथमा आन्दोलनको तयारीमा रहेका लोसपाका महासचिव केशव झाले काठमाडौँमा प्रदर्शन गर्ने तयारी भइरहेको बताए । तर कहिले गर्ने भन्ने मिति तय नभएको उनको भनाइ छ ।

शान्तिपूर्ण आन्दोलनको सुरुवात काठमाडौँबाट गर्ने तयारी छ, त्यसका लागि विभिन्न तयारी भइरहेको छ,’ उनले भने, ‘यो आन्दोलन तराई मधेसमा मात्र केन्द्रित नरहेर देशैभर हुने भएकाले यसमा आदिवासी, जनजाति तथा पहाडी समुदायलाई सहभागी गराउन व्यापक तयारी भइरहेको छ ।’

 

महतोले लोसपा नछाडे पनि अहिले अलग बस्न थालेका छन् । उनी लोसपाको पार्टी कार्यालय जान छाडेको तीन महिनाभन्दा बढी सक्यो । करिब दुई महिनादेखि महन्थ ठाकुरसँग उनको बोलचाल पनि छैन । सरकार छाडेर आन्दोलनमा जान महतोले अध्यक्ष ठाकुरलाई पनि आग्रह गरेका थिए । तर ठाकुरले उनको प्रस्तावलाई अस्वीकार गरे ।

 

पछिल्लो समय अध्यक्ष ठाकुरले गठन गरेको केन्द्रीय समितिप्रति महतोले असहमति जनाउँदै पार्टीबाट विद्रोह नै गरे । विद्रोहपछि उनी आन्दोलनको तयारीमा लागेका छन् । एक चरणको आन्दोलन गरेपछि २०८४ आउँदासम्म पार्टी गठन गर्ने उनको सोच रहेको स्रोतहरूले दाबी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड
एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

१ दिन अघि

लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने
लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

जेठ २९, २०८२

रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकियाे, सतापक्षसँग सुरू
रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकियाे, सतापक्षसँग सुरू

जेठ २९, २०८२

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

जेठ २८, २०८२

ताजा अपडेट

  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्या…

  • इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

    इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्र…

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी