अर्थ/बाणिज्य

प्रचण्ड सरकारले गोरखकाली रबर उद्योग, पुनः सञ्चालन गर्ने तयारीमा


erastriya बिहीबार, माघ २५, २०८०

पोखरा । यातायातका साधन बढ्दै गएपछि तत्कालीन सरकारले स्वदेशमै टायर उत्पादन गर्ने लक्ष्य अनुसार गोरखकाली रबर उद्योग स्थापना गर्‍यो । २०४१ मा गोरखाको मजुवा देउरालीमा तत्कालीन राजा वीरेन्द्रले शिलान्यास गरेको उक्त उद्योग २०४८ मा निर्माण सम्पन्न भयो । २०४९ सालदेखि टायर उत्पादन थालेको उद्योग २०७५ माघ ३ देखि पूर्ण बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले बैठकले गर्‍यो । अहिले रबर उद्योग पुनः सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ । तर पुरानै प्रविधिबाट उद्योग चल्न नसक्ने जानकारहरू बताउँछन् । 

‘त्यो बेला विभिन्न कारणले उद्योग बन्द भयो । प्रमुख कारण नियुक्तिमा भएको राजनीतिकरण नै हो,’ सो उद्योगका तत्कालीन महाप्रबन्धक विनोदकुमार तिवारीले रातोपाटीसँग भने, ‘हाम्रो प्रविधि पनि पुरानो भइरहेको थियो । अब सरकारले चलाउने हो भने प्रविधि फेर्नुपर्छ ।’

विभिन्न समयमा गरिएका अध्ययनले ३ अर्ब लगानी गर्दा आधुनिक बनाउन सकिने र १ अर्बमा पुरानै अवस्थाबाट चलाउन सकिने निष्कर्ष निकालेको छ । तत्कालीन समयमा नेपालको ४० प्रतिशत टायरको बजार गोरखकाली रबर उद्योगले ओगटेको थियो । विदेशका नामी टायरसँग प्रतिस्पर्धा गर्न सकेको थियो । गोरखकाली टायर भनेपछि भुतुक्क हुन्थे । उत्पादन नहुँदा पनि पर्खाइमा बस्थे,’ तिवारीले भने, ‘टायर पुर्‍याउन नसक्ने अवस्था थियो ।’ उनले सो उद्योग फेरि चलाउन सके देशको व्यापार घाटा कम हुने र विदेशसम्म निर्यात गर्न सकिने बताए ।

सरकारले उद्योगमा कार्यरत २ सय ८० कर्मचारीलाई २०७६ फागुनमा ९६ करोड रुपैयाँ दिएर हटाएको थियो । उद्योग खुलेपछि नियमित ४ सयभन्दा बढीले रोजगारी पाएका थिए । अहिले सुरक्षा गार्डको भरमा मात्रै सो उद्योग छ । उद्योग मातहत झन्डै १० अर्ब बराबरको सम्पत्ति छ । दैनिक मर्मत र हेरचाह नपुग्दा भवन र संरचनाहरू जीर्ण बन्दै गएका छन् ।

 

चीन सरकारको सहयोगमा बनेको उद्योग सार्वजनिक निजी साझेदारीमा चलेको हो । यसमा नेपाल सरकारको ३८ प्रतिशत, स्थानीयको २१ र विभिन्न बैंक तथा वित्तीय संस्थाको समेत लगानी थियो । उद्योगबाट ट्रकका लागि १२, जीप र भ्यानको ५ तथा कारको लागि ६ प्रकारका टायर उत्पादन हुन्थे । सो उद्योगको वार्षिक ५० करोडको कारोबार रहेको आर्थिक विवरणहरूमा उल्लेख छ ।

रबर उद्योगबाट उत्पादित पहिलो टायर मन्दिर बनाएर सजाइएको छ । ‘विश्वलाई देखाउने टायर हामीले उत्पादन गर्थ्यौँ । तर अहिले मन्दिरको चौघेरामा सिङ्गो फ्याक्ट्री बन्धक छ,’ रानाले भने, ‘कमजोर व्यवस्थापन, देशको राजनीतिक परिवेश तथा प्रविधिका कारण यस्तो समस्या आएको हो ।’

 

२०५६ सालमा रकम नभएर उद्योग बन्द गरिएको थियो । पछि सरकारले रकम सहयोग गरेर पुनः सञ्चालन गरिएको हो । सो उद्योगका पूर्व कर्मचारीहरूका अनुसार २०५३ सालतिर एकपटक फाइदामा गए पनि त्यसपछि फाइदा भएन ।

 

वार्षिक ८८ हजार टायर निकाल्ने उद्योगको क्षमता रहे पनि पूरै क्षमतामा उद्योगले कहिल्यै उत्पादन गरेन । पूर्ण क्षमतामा चल्न नपाएकै कारण नाफा हुन नसकेको उनीहरूको भनाइ छ । उद्योगबाट बर्सेनि ५४ हजार टायरमात्रै उत्पादन भएको पूर्वकर्मचारीहरुको भनाइ छ ।

वार्षिक ८८ हजार टायर निकाल्ने उद्योगको क्षमता रहे पनि पूरै क्षमतामा उद्योगले कहिल्यै उत्पादन गरेन । पूर्ण क्षमतामा चल्न नपाएकै कारण नाफा हुन नसकेको उनीहरूको भनाइ छ । उद्योगबाट बर्सेनि ५४ हजार टायरमात्रै उत्पादन भएको पूर्वकर्मचारीहरुको भनाइ छ ।

 

विज्ञहरूका अनुसार गोरखकाली बायोसटायर टेक्नोलोजीको उद्योग हो । यसमा नाइलन हुन्छ । अहिले रेडियल टायर उद्योग सञ्चालनमा आइसकेका छन् । गोरखकाली रबर उद्योगबाट उत्पादित टायर भारतसँगै बंगलादेश, श्रीलंकासम्म निर्यात हुन्थ्यो ।

 

पालिकाकी उपमेयर सपना पुनले उद्योग सञ्चालनका लागि पालिकाबाट सम्भव नभएको बताइन् । ‘हाम्रो क्षमताले उद्योग चल्दैन । विभिन्न कम्पनी र विज्ञहरू आएर हेरेर गएका छन् । तर निष्कर्ष केही निस्किएको छैन,’ उनले भनिन्, ‘हाम्रो तर्फबाट सम्बन्धित निकायमा समन्वयचाहिँ गरिरहेका छौँ । उद्योग चलाउनुपर्छ भनेर भनिरहेका छौँ ।’ उद्योगबारे नगरपालिकामा कुनै विवरण नरहेको उनले बताइन् ।

 

उद्योग ६ सय ६८ रोपनीमा फैलिएको छ । त्यसबेला १ करोड १४ लाखमा जग्गा अधिग्रहण गरिएको हो । २०७२ को भूकम्प आएपछि उद्योगको चेकजाँच गरिएको थियो । त्यो बेलामा पनि उद्योगमा कुनै समस्या थिएन । सशस्त्र द्वन्द्वमा मजदुर युनियनले बढी असर गरेको जानकारहरू बताउँछन् । ‘कतै आन्दोलन हुँदा माओवादीले मजदुर लिएर जान्थे । मजदुरले उद्योगमा आन्दोलन गरेर बन्द भएको चाहिँ होइन । यहाँका मजदुरहरू अन्यत्र गएर उद्योग बन्द भएका पनि थिए,’ एक कर्मचारीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा घोषणापत्रमा रबर उद्योगको पुनर्स्थापना गर्ने एजेन्डा राखेका थिए । अहिले उनैले बन्द उद्योगहरू चलाउने बहस अघि सारेका छन् । सरकारले गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनःसञ्चालनको घोषणा गरेको हो । यसका लागि उच्चस्तरीय अध्ययन समितिसमेत गठन गर्न लागिएको छ । गण्डकी प्रदेश सरकारले पनि नीति तथा कार्यक्रममा रबर उद्योग सञ्चालनलाई उल्लेख गर्दै आएको छ । रबर उद्योग र भृकुटी कागज कारखाना गण्डकी प्रदेशभित्रै पर्छन् । भृकुटी कागज कारखाना पनि बन्द अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,
चिनियाँ कम्पनिले सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै,

साउन १३, २०८२

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा