अन्तर्राष्ट्रिय

मलेसियामा लुकेर बसेका जीबी राई लाई इन्टरपोल द्वारा नेपाल ल्याउने


erastriya मंगलबार, फागुन ०१, २०८०

काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल’बाट डिफ्युजन नोटिश जारी भएसँगै प्रहरी उनको निकट पुगेको छ । नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले जीबी लुकेको हुनसक्ने मुलुकको प्रहरी संगठनसँग समन्वय गरिरहेको छ ।

जीबी मलेशियामा लुकेको आकलन गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्,‘मलेशियामा लुकेको आशंकामा इन्टरपोलसँग समन्वय भइरहेको छ ।’ अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न ईन्टरपोल मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । डिफ्युजनको आधारमा जीबीलाई ईन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ । जीबी राईको समूहले हिनामिना गरेको रकमबारे अनुसन्धान गर्न प्रहरीले माघ २४ मा पूर्व डीआईजी छबिलाल जोशीको घरमा संचालित नेचर हब इन्टरनेशनल प्रालिको अफिसमा छापा मारेको थियो ।

शंखमुलस्थित जोशीको घरबाट बरामद सुर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भरमा करिब १० अर्बको हिसाब भेटिएको छ । पोखरास्थित सुर्यदर्शन सहकारी घोटालाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृत भन्छन्,‘उनीहरुको समूहले घोटाला गरेको अन्य सहकारीको हिसाब पनि सफ्टवेयरमा फेला परेको छ ।’प्रहरीले अनुसन्धान शुरु गरेपछि आरोपीहरुले काठमाडौँमा ल्याएर सफ्टवेयर लुकाएर राखेको थाहा भएको छ ।

गितेन्द्रबाबु (जिबी) राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति रवि लामिछानेले पनि बिनाधितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

 

बुटवलस्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगञ्जको सानो पाइला सहकारीबाट पनि आरोपीहरुले बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोप छ । स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँमा झिकाएर अनुसन्धान गरिरहेको छ । जीबीको समूहले सहकारीको रकम अनधिकृत रुपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा